Logo

शाओमीको मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मीस्मार्ट ब्यान्ड लन्च

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ ।
अडियो लाइनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली श्रोताहरुलाई विशिष्ट र शक्तिशाली सराउंडसाउंड प्रस्ताव गर्नका लागि विशेष रुपमा डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ । अर्कोतर्फ स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ ।
यो एड्भान्स हेल्थ ट्रयाकिङ्ग फिचर्स रहेको सो ब्लुटुथ स्पीकर मा अत्याधुनिक ट्रयाकिङ्ग रहेकाले प्रयोगकर्तालाई उनीहरुको ब्लड अक्सिजन लेभल, मुटुको दर ट्रयाकिङ्ग र स्लिप ट्रयाक गर्न मद्दत गर्ने कम्पनीको दावी छ ।

मी पोर्टेबल ब्लुटुथ स्पीकर
पूर्णफुल साउन्ड एक्पेरियन्सका लागि मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) उत्कृष्ट र शक्तिशाली सराउन्ड साउन्ड प्रस्ताव गर्नको लागि डिजाइन गरिएको छ । एक कम्प्याक्ट डिजाइन र बेस्ट–इन–क्लास फिचरहरु प्रस्तुत गर्दै यो उपकरणले कम्प्लिट साउन्ड एक्सपेरियन्सका लागि हाई क्वालिटी साउन्ड, डिपर बास, क्लियर र रिच भोकलको प्रदान गरेको कम्पनीको भनाइ छ ।
सुन्दर ढंगले निर्माण गरिएको १६ वाट मी पोर्टेबल ब्लुटुथ स्पीकरमा (१६ वाट) सबै दिशामा एक उत्कृष्ट उच्च–गुणवत्ता ध्वनि उत्पादन सुनिश्चित गर्ने क्षमता रहेको बताइएको छ । मी पोर्टेबल ब्लुटुथ स्पीकर २६०० एमएएच ब्याट्री लाइफको साथ आउँदछ जुन १३ घण्टा सम्म चल्दछ ।
यसको आइपिएक्स ७ वाटरप्रुफको रेटिङ्ग छ र यसलाई अधिकतम १ मिटरको गहिराईमा ३० मिनेटको लागि पानीमुनि डुबाउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्