भाइबरको भिडियो कलमा सहभागीको संख्या वृद्धि

राकुटेन भाइबरले दूर शिक्षालाई सहायता पुर्याउन ग्रुप भिडियो कलमा सहभागीहरुको संख्या बढाएर ३० बनाएको छ ।
स्थानीय समुदायलाई सहायता प्रदान गर्ने उद्देश्यले निःशुल्क र सुरक्षित सञ्चारको माध्यम अग्रणी मेसेजिङ्ग एप भाइबरमा विश्वभर एकै कलमा ३० जनासम्म सहभागीहरुले एकैपल्ट सामुहिक भिडियो कल गर्न सक्ने गरी क्षमता विस्तार गर्दै लगिने जनाएको छ ।
नयाँ नर्मल र लक डाउनको भयावह अवस्थाहरुको युगमा एसिया भर विस्तार गरिएको अधिकतम ३० जनासम्म प्रयोगकर्ताहरुको क्षमता बढाइएको ग्रुप भिडियो कल विद्यालयमा र कक्षा पछिका शैक्षिक परामर्शहरुका लागि सही समाधान बनेको छ ।
“भाइबर नेपालमा अत्यन्त लोकप्रिय मेसेजिङ्ग एप हो, र हामी निरन्तर रुपमा हाम्रो प्लेटफर्महरुको बेग्लै स्तरोन्नति गर्न कार्य गरिरहेका छौं, जसले गर्दा हामी हाम्रा नेपाली प्रयोगकर्ताहरुसँग उनीहरुका हरेक अवसरहरुमा सम्भव भएसम्म सान्दर्भिक हुन सक्नेछौं । हामीलाई विश्वास छ हाम्रो भिडियो कल क्षमतामा गरिएको क्रमिक विस्तारले गर्दा धेरैजना मानिसहरु एकअर्कासँग सम्पर्कमा रहन सक्छन् र उनीहरुको उत्पादनशील सहकार्यलाई अनलाइन् जारी राख्न सक्नेछन् ।” राकुटेन भाइबरका सिजिओ आना जमेंन्स्कायाले भने ।
१२ प्रतिशत नेपाली सहभागीले उनीहरुले यस वर्ष विद्यालयको दौरान शैक्षिक सम्बद्ध कार्यहरुका लागि भाइबर प्रयोग गरेको भाइबरले गरेको मत सर्भेक्षणमा बताएका छन् । २८.७१ प्रतिशत सहभागीले साथीसँगको भेट्नका लागि भाइबरको ग्रुप भिडियो कल अत्यन्त प्रभावकारी माध्यम भएको बताएको कम्पनीले जनाएको छ ।