एचईभीसी एडभान्स प्याटेन्ट पुलमा ओपोको प्रवेश
विश्वव्यापी रुपमै अग्रणी स्मार्ट डिभाइस ब्राण्ड ओपोले लाइसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा प्रवेशको घोषणा गरेको छ ।
योसँगै ओपोको एचईभीसी÷एच.२६५ स्ट्याण्डर्ड एसेन्सियल प्याटेन्टहरु एचईभीसी एडभान्स्ड प्याटेन्ट पोर्टफोलियो लाइसेन्स (जसको गणना वल्र्ड–वाइड प्याटेन्ट अनुसार १३,७०० भन्दा बढी हुनुका साथै थपिने क्रममा छ) मा सम्मिलित भएको छ ।
“हामी एचईभीसीको एडभान्स प्याटेन्ट पुलमा लाइसेन्सरका रुपमा सम्मिलित हुन पाउँदा निकै हर्षित छौं । यसले भिडियो प्रोसेसिङको क्षेत्रमा ओपोको प्याटेन्ट एक्यूमुलेशन उपलब्धिको प्रतिनिधित्व पनि गरेको छ”, ओपोको इन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने, “हामीले जस्तै लाइसेन्सी र लाईसेन्सरका चाहनाबीच तालमेल मिलाउँदै एचईभीसी तथा भविष्यका भिडियो प्रोसेसिङ प्रविधिका लागि स्वस्थ इकोलोजिकल वातावरण निर्माण गर्ने उद्देश्यले अघि बढी रहेको लाइसेन्सिङ प्ल्याटफर्म एक्सेस एडभान्ससँग सहकार्यका लागि उत्साहित छौँ ।”