Logo

कारबाहीमा परेको ल्याबबाट पुनः पीसीआर परीक्षण

केही समयअघि कारबाहीमा परेको विध ल्याबबाट पुनः पीसीआर परीक्षण हुन थालेको छ । नेपाल सरकारको आवश्यक स्वास्थ्य मापदण्ड पूरा नगरी पोखरामा स्थापना गरी पीसीआर परीक्षण गरेको विध ल्याबलाई कारबाहीका लागि सिफारिस भएकै अवस्थामा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले पुनः उक्त ल्याबबाट पीसीआर परीक्षण गरेको नतिजा आफै सार्वजनिक गरेको छ ।
यस विषयमा थप बुझ्न खोज्दा निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले फोन उठाएनन् । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भने यस विषयमा विध ल्याबलाई कारबाही स्वरुप ल्याब नै शिल गरेको अवस्थामा पीसीआर रिपोर्ट कसरी आयो त्यसको बारेमा बुझ्नै पर्ने बताए ।
विध ल्याबले अवैध रूपमा पोखरामा पीसीआर परीक्षण गर्दै आएकाले आवश्यक कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको प्रदेश जनस्वाथ्य प्रयोगशाला पोखराकी निमिक्त प्रमुख सपना सुवेदीले बताइन् । कोरोना परीक्षण गर्ने ल्याबको विषयमा सरोकारवाला नै अन्योलमा छन् । सुवेदीका अनुसार हाल करिब ४ हजार पीसीआर नमुनाको परीक्षण गर्न बाँकी रहेको छ । दैनिक ६ सयदेखि एक हजारसम्मको कोरोना परीक्षण हुने भएको उनले जनाइन् ।

प्रतिक्रिया दिनुहोस्