अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड «

अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि संघीय सरकारले विनियोजन गरेको रकमबाट तत्कालका लागि उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकले डेढ करोड विनियोजन गरेकी छन् । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पतालका बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गर्ने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा जनशक्तिका लागि थप पहल गरिरहेको मन्त्री विकले जानकारी दिइन् ।
दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरिका १२ वटा अस्पताललाई १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्