Logo

चन्द्रागिरिमा आइसोलेसन केन्द्र स्थापना

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा अस्थायी आइसोलेसन केन्द्र स्थापना गरिएको छ । कोभिड–१९ संक्रमित बिरामीलाई प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आइसोलेसन केन्द्र सञ्चालन गर्न लागिएको हो ।
अक्सिजनसहितको आइसोलेसन केन्द्रका लागि स्थानीय समुदाय र विभिन्न संघ/संस्थाबाट स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बुधबार लायन्स क्लब अफ चन्द्रागिरि काठमाडौंका अध्यक्ष जयरामप्रसाद लुइँटेल र नेपाल तरुण दल काठमाडौं क्षेत्र नं. १० का सभापति इश्वर लामाले आइसोलेसन केन्द्रका लागि ५ थान सर्जिकल बेडसहित पीपीई सेट, स्यानिटाइजर, डिस्पोजल ग्लोब्स्, फेस शिल्ड, मास्क हस्तान्तरण गरेका छन् । त्यसैगरी चन्द्रागिरि–७ का वडाध्यक्ष शम्भु केसीले १० थान पीपीई सेट हस्तान्तरण गरेका छन् भने गुर्जुधारा सहयोगी समूहले १० थान अक्सिमिटरसहित स्यानिटाइजर, मास्क र डिस्पोजल ग्लोब्स उपलब्ध गराएको छ ।
कोभिड–१९ संक्रमितलाई प्राथमिक उपचार सेवा प्रदान गर्ने उक्त आइसोलेसन केन्द्र यही जेठ ८ गते शनिबारदेखि सञ्चालन हुने आइसोलेसन व्यवस्थापन समितिका अध्यक्ष विकास महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्