दूधमा अनुदान दिन डेरी उद्योग संघको माग «

दूधमा अनुदान दिन डेरी उद्योग संघको माग


कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञाका कारण डेरी उद्योग समस्यामा परेको भन्दै डेरी उद्योग संघले सरकारसँग राहत माग गरेको छ ।
अहिले दुग्धजन्य पदार्थको खपत ७० प्रतिशतले घटेको भन्दै संघले दूधको उत्पादनमा प्रतिलिटर ६ रुपैयाँ र खपत हुन नसकेमा थप १० रुपैयाँ अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।
डेरी उद्योगहरुले झोल दूधबाट धुलो दूध बनाउँदा प्रतिलिटर १६ देखि २१ रुपैयाँसम्म नोक्सानी व्यहोरिरहेकाले दूध उत्पादनमा प्रतिलिटर ६ रुपैयाँ अनुदान उपलब्ध गराउनुपर्ने संघको माग छ । त्यस्तै, डेरी उद्योग र दूग्ध सहकारीले प्रयोग गर्ने विद्युतमा ५० प्रतिशत अनुदान दिनुपर्ने तर कृषि सहुलियत कर्जाको सीमा बढाइनुपर्ने पनि संघले माग राखेको छ ।
स्वदेशी दूग्धजन्य पदार्थको मौज्दातले आन्तरिक बजार धान्नसक्ने स्थिति रहेकाले आयातित सम्पूर्ण दूग्धजन्य पदार्थको आयातमा तत्काल रोक लगाइनुपर्ने पनि संघको माग छ ।

प्रतिक्रिया दिनुहोस्