निषेधाज्ञामा पनि पेट्रोलियम पदार्थको खपत बढी «

निषेधाज्ञामा पनि पेट्रोलियम पदार्थको खपत बढी



कास्कीमा निषेधाज्ञामा थप कडाई गर्दै आए पनि बजारमा भने अत्याधिक सवारी साधनहरु सञ्चालन भएको गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एशोसियसनले गुनासो गरेको छ । पोखरामा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि भएपनि सवारी साधन सञ्चालनमा कमि नआएकाले संक्रमण बढ्न सक्ने भन्दै एशोसियसनले चिन्त्ता व्यक्त गरेको हो ।
कास्की प्रशासनले पटक पटक निषेधाज्ञा कडाई गर्दै आएको भएपनि पोखरा क्षेत्रमा साना सवारीसाधन सञ्चालन भएको एशोेसियसनका अध्यक्ष राजन गोगंजुले बताए । प्रशासनले सवारी साधन आवागमनलाई क मगर्न नसकेको उनको आरोप छ ।
गण्डकी र धौलागिरि क्षेत्रमा रहेका पेट्रोल पम्पहरुमा दैनिक ४० हजार लिटर पेट्रोल र दुई लाख लिटर डिजेलको बिक्री भइरहेको अध्यक्ष गोगंजुले बताए । हाल पोखरामा ३० प्रतिशत पेट्रोल र करिब ६० प्रतिशत डिजेल खपत हुँदै आएको छ । गत वर्षको कोरोनाले गर्दा लकडाउन भएको अवस्थामा भने करिब ५ प्रतिशत पेट्रोल र १० देखि १२ प्रतिशत डिजेल मात्र खपत भएको गोगंजुले जनाए ।
पेट्रोलियम पदार्थ भर्नका लागि जिल्ला प्रशासनले चलाउन अनुमति दिएका वा नदिएका सवारी साधनहरु पम्पसम्म आउने गरेकाले यो क्षेत्रसमेत थप जोखिममा परेको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्