Logo

हेलिकोप्टरमा ६ लाख तिरेर काठमाडौमा उपचार

फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ४२ वर्षीया रन्जिता गुरुङलाई कोरोना संक्रमणको लक्षण देखियो । उपचारका लागि जेठ पहिलो हप्ता जिल्ला अस्पतालमा पुगिन् । अस्पतालका प्रमुख डा.सोनिङ लामाका अनुसार स्वास्थ्य अवस्था सामान्य नै थियो । यद्यपी विरामी मात्र नभइ परिवार पनि आत्तियो ।
लगत्तै हेलिकोप्टरमार्फत काठमाडौ लगियो । गरिवारका अनुसार हेलिकप्टरको भाडा ६ लाख प¥यो । विरामी ललितपुरस्थित क्यान्सर अस्पतालको कोभिड वार्डमा उपचारमा छन् । जिल्लामा पर्याप्त जनशक्ति, स्वास्थ्य उपकरण तथा पूर्वाधार अभावले उपचारका लागि बाध्य भएर लाखौ रुपैयाँ खर्चिनु परेको हो ।
फुङलिङ नगरपालिका–७ की कृष्णमाया गुरुङलाई (कोरोना संक्रमित) जिल्ला अस्पतालमा उपचारमा थिइन् । तर स्वास्थ्यमा अपेक्षाकृत सुधार हुन सकेन । परिवारले स्वास्थ्यकर्मीसँग परामर्श गरेर तत्काल हेलिकोप्टर व्यवस्थापन ग¥यो ।
मंगलबार उपचारका लागि काठमाडौ लगेको हो । रेफर गरिएका विरामी लैजान पनि ५ लाख ९० हजार तिरेको परिवारले जनायो । विरामीको काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको विरामीका छोरा रमेश गुरुङले बताए । हेलिकोप्टरमै लाखौं रुपैयाँ खर्चेको परिवारले उपचारमा कति खर्चनु पर्ने हो भन्दै चिन्ता व्यक्त गरेको छ । आर्थिकसँगै मानसिक समस्याले नागरिकलाई पीडैपीडा थपिएको छ । परिवारका सदस्यमै कुन बेला के हुने हो यकिन छैन ।

प्रतिक्रिया दिनुहोस्