राष्ट्रिय सुरक्षा र विकास निर्माणमा नेपाली सेना «

राष्ट्रिय सुरक्षा र विकास निर्माणमा नेपाली सेना

नेपाली सेनाले नेपाली समाजको माग र आवश्यकताअनुसार शैक्षिक संघसंस्थालगायतका अनेकौं क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्दै आएको छ ।

नेपालमा पृथ्वीनारायण शाहको पालादेखि नेपाली सेनाले आफ्नो देशको सरक्षा गर्ने कार्यको थालनी भएको इतिहासबाट थाहा पाइन्छ । तत्कालीन समयदेखि हालसम्म नेपाली सेनाले आमनागरिकको मन जित्ने ढंगले राष्ट्रिय सरक्षाबाहेक केकस्ता कार्य गर्दै आएको छ, आमनागरिकसँग सेनाको सम्बन्ध कस्तो छ भन्ने सवालमा यो लेख केन्द्रित रहेको छ ।
नेपाली सेना नेपाल र नेपालीका लागि गौरवको विषय हो । आज नेपाल र नेपाली भनेर विशेष पहिचान निर्माण गर्न सफल हामीलाई नेपाल एकीकरणको समयदेखि नै युद्धको मोर्चामा आफ्नो घरपरिवारको ख्याल नगरी अनि आफ्नै ज्यानको बाजी थापेर लड्दै आजको स्वर्ण इतिहास निर्माण गर्न सम्भव भएको हो । नेपाली सेनाको इतिहासलाई अध्ययन गर्दा सन् १७४३ मा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने क्रममा युद्धको मोर्चामा तत्कालीन काजी विराज थापामगर सेनाको नेतृत्व तहमा पुगेको देखिन्छ । सुरुको समयमा नेपाली सेनाको पाँचवटा युनिट भएको पाइन्छ ः १) श्रीनाथ गण, २) काली बक्स गण, ३) वदेबहादुर बक्स गण, ४) सुवज गण र ५) पुरानो गोरखा गण । यसरी विशेष गरी नेपालप्रति अंग्रेजले आँखा गाडेकाले नेपाललाई बचाउन राष्ट्रिय सुरक्षार्थ नेपाली सेनाको उपस्थिति प्रभावकारी रूपमा भएको देखिन्छ ।
नेपाल–अंग्रेज युद्ध वि.सं. १८१४ देखि आफ्नो मातृभूमिको सुरक्षार्थ वीरतापूर्वक युद्धमा कौशलताको प्रदर्शन गरेका गौरवपूर्ण इतिहासले नेपाली सेनाको बहादुरिता युद्धमा अपनाउनुपर्ने सजगता अनि साहसिकताको उपयोग गर्दै नेपालको सुरक्षामा हरदम खट्दै आएको तथ्य स्पष्टै छ । आजको विशाल नेपालको निर्माणमा दूरदर्शी पृथ्वीनारायण शाहलाई कुशल सेनाले साथ दिएकै कारण सम्भव भएको हो । नेपालका बाइसी–चौबीसे राज्यदेखि नुवाकोट, कीर्तिपुर, मकवानपुरलगायतका महŒवपूर्ण स्थानमा पटक–पटकको आक्रमणबाट सफलता प्राप्त गरेका थिए । यसको मूल ध्येय भनेकै राष्ट्रको सुरक्षा, स्वतन्त्रता र विशाल नेपाल निर्माणको महान् अभियान नै थियो, जसमा नेपाली सेनाको अतुलनीय योगदान रहेको छ । नेपाल अंग्रेज युद्ध होस् या नेपाल तिब्बत युद्ध नै किन नहोस्; सेना र दूरदर्शी अनि कुशल नेतृत्वकै कारण सफलता प्राप्त भएको हो ।
नियन्त्रणभित्रको ऐस–आरामभन्दा स्वतन्त्रताभित्रको दुःख नै बढी महत्वपूर्ण हुने भएकाले आफ्नो राष्ट्रको सुरक्षार्थ सधंै इमानदार, कर्तव्यनिष्ठ र वीरतापूर्वक युद्धमा होमिएका गौरव गाथाहरूले नै हामी नेपालीको शिर उचो बनाएको छ । नेपाली सेनाले आफ्नो राष्ट्रिय सुरक्षाका लागि भोको पेटमा र बिनाहातहतियार पनि वीरतापूर्वक लडेका गौरवमय इतिहासकै कारण आज नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा विश्व मानचित्रमा उभिन सफल भएको छ । नेपाली सेनाले राष्ट्रिय सुरक्षाबाहेक विभिन्न विकास निर्माणका कठिन र महत्वपूर्ण कार्यसमेत सहजै सम्पादन गरेका छन्, जसमा राजमार्ग निर्माणदेखि बागमती नदी किनारामा तटबन्द निर्माण, निकुञ्जको सुरक्षा, सीमा सुरक्षा, प्रकृति तथा वन्यजन्तु संरक्षणमा निरन्तर खटिएर आमनेपालीको मनभित्र बस्न सफल भएको स्वर्णिम इतिहास रचना गर्न सक्नुले पनि सेनाको योगदान नेपालका लागि महत्वपूर्ण रहेको छ ।
नेपाल एकीकरणकै समयदेखि नै नेपाली सेना विकास निर्माणमा संलग्न भएको पाइन्छ, जसमा पुल, बाटो, किल्ला गढी आदि निर्माण गर्दै विकासको कार्यमा सहयोग पु-याउँदै आएको छ । आधुनिक नेपालको थालनीदेखि नै सरकारी स्तरबाट जति पनि विकासका कार्यहरू भएका छन् त्यसमा सेनाको संलग्नता रहेको पाइन्छ । नेपाली सेनाको राष्ट्रिय विकास निर्माण कार्यअन्तर्गत सडक निर्माणको क्रममा कान्ति राजपथ जुन टीकाभैरवदेखि हेटौंडासम्मको सडक खण्ड हो, त्यसैगरी त्रिशूली–सोमदाङ सडक निर्माणको कार्य पनि नेपाली सेनाले सम्पन्न गरेको थियो, जसको लम्बाइ १ सय ५ किलोमिटर रहेको छ । पूर्वी क्षेत्रमा पर्ने कटारी र ओखलढुङ्गालाई जोड्नका लागि कटारी–ओखलढुङ्गा सडक निर्माणको जिम्मेवारी पनि नेपाली सेनाले पाएको थियो । जम्मा ८८ किलोमिटर सडक २०६३ सालमा नेपाल सरकारलाई हस्तान्तरण ग¥यो ।
सुर्खेत–जुम्ला सडकअन्तर्गत कर्णाली राजमार्ग, जसमा ८६ किलोमिटर र लामो सडकको निर्माण नेपाली सेनाले ग¥यो, सडक निर्माणका क्रममा निर्माण गर्नुपर्ने पुलपुलेसासमेत स्तरीय बनाई आफ्नो जिम्मेवारी पूर्ण रूपले सम्पन्न गरेका सयौं दृष्टान्त रहेका छन् । ९१ किलोमिटर लामो बाग्लुङ–बेनी–जोमसोम सडक, १ सय ७ किलोमिटर लामो छिन्जु–जाजरकोटमध्ये ४५ किलोमिटर सडक निर्माण सेनाले गरेको हो । देवस्थल–कैनकाँडा–चौरजहारी सडक, बेसी सहर–चामे सडक, जाजरकोट हुँदै डोल्पा सडक, ९१ किलोमिटर लम्बाइ रहेको नाग्मा–गमगढी सडकलगायत धेरै सडक निर्माणका कार्य सम्पन्न गर्दै राष्ट्रिय विकासमा महत्वपूर्ण टेवा पु-याएको छ । नेपाल सरकारले पछिल्लो समय नेपाली सेनालाई काठमाडौं–तराई द्रुतमार्गको जिम्मेवारीसमेत दिएको छ ।
७७ किलोमिटर लम्बाइ रहेको सो द्रुतमार्गको कार्य हाल द्रुत गतिमा भइरहेको छ । नेपाली सेनाले निर्माण गर्ने जिम्मेवारी पाएका सडक होस् या द्रुत मार्ग नै किन नहोस्, भौगोलिक हिसाबले निकै विकट धरातलीय हिसाबले पनि जोखिमयुक्त चट्टान पहाड, भीर, कुनाकन्दराजस्ता स्थानमा पर्छन् । सडक निर्माणका क्रममा बारुद, बम आदि विस्फोट गराई, चट्टानहरू फुटाई ज्यादै ठूला कठिनाइको सामना गरी निर्माण गर्नुपर्ने हुन्छन् । नेपाली सेनासँग मात्रै बारुद, बम आदि हुने भएकाले अन्य संघसंस्था वा निर्माण कम्पनीले सहजै सम्पादन गर्न सक्तैनन् । देशको विकास निर्माण कार्यमा दत्तचित्त भएर आफ्नो सीप, क्षमता र इमानदारिताको प्रदर्शन गर्दै विकासको मार्गलाई सहज बनाउन योगदान गरिरहेको छ ।
नेपालप्रति कुदृष्टि राख्नेसँग लड्ने मात्रै नेपाली सेना नभई आफ्नो देशको चौतर्फी विकासका लागि खट्दै आएको छ । यसै क्रममा वि.सं. २०५३÷५३ मा ५.६ किलोमिटर लामो बागमती क्षेत्र ढल, तटबन्ध तथा सडक निर्माणका साथै वृक्षारोपण गर्ने कार्य पनि प्रभावकारी रूपले सम्पन्न गरिसकेको सर्वविदितै छ । विकास निर्माणबाहेक नेपाली सेनाले जनहितका अन्य धेरै कार्यहरू गर्दै आएको छ । दैवी प्रकोप हुँदा, आगलागी, बाढीपहिरो, भूकम्प, सडक दुर्घटनालगायतका राष्ट्रिय संकटका समयमा समेत सेना नेपालीको सहयोगका लागि हरपल खट्दै आएको छ । मानवीय गुणको भरपुर उपयोग गर्दै आपत्मा परेका हजारौंका संख्यामा रहेका पीडितहरूको उद्धार, उपचार तथा घरबास निर्माणमा समेत महŒवपूर्ण सहयोग गरेर अनुपम नमुना प्रदर्शन गरेको छ ।
नेपाली सेनाले नेपाली समाजको माग र आवश्यकताअनुसार शैक्षिक संघसंस्थालगायतका अनेकांै क्षेत्रमा समेत महŒवपूर्ण कार्य गर्दै आएको छ । कतिपय स्थानमा विद्यालय भवन, खेलमैदान, मन्दिर निर्माण, खानेपानी, औषधि–उपचारको व्यवस्थालगायतका विभिन्न कार्यहरू सम्पादन गर्दै आएको छ । नेपाली सेनामा छुट्टै निर्देशनालय स्थापना गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षामा नेपाली सेनाले आफ्नो प्रभावकारी उपस्थिति जनाएको छ । वनजंगलले वातावरण संरक्षण हुने, भूक्षय रोक्ने, दुर्लभ वन्यजन्तुको संरक्षण हुने, प्राकृतिक सुन्दरता कायम राख्ने तथा समग्रमा राष्ट्रको विकास नै हुने भएकाले यस महान् कार्यमा नेपाली सेनाले राष्ट्रको प्रगति, विकास र नेपालको गौरवलाई जीवन्त राख्ने कार्यमा अतुलनीय सहयोग निरन्तर रूपले गर्दै आएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणको सुरक्षार्थ खटिने सेनालाई निम्नानुसार जिम्मेवारी प्रदान गरिएको पाइन्छ । निकुञ्ज र आरक्षणको सीमाभित्र चोरी, सिकारी तथा वन पैदावरको तस्करी नियन्त्रण गर्न आवश्यकताअनुसार बल प्रयोग गर्न सक्नेछन् । मध्यवर्ती क्षेत्रमा दुर्लभ वन्यजन्तु गैंडाको चोरी सिकारी बढी हुने भएकाले त्यसको सुरक्षार्थ खटिन सक्नेछन् । वन्यजन्तु वनस्पति तथा प्राकृतिक सम्पदाको संरक्षण कार्यमा सुरक्षा प्रदान गर्नेछन् । अवैध अतिक्रमण तथा चोरी–सिकारी गर्नेलाई नियन्त्रण गर्नु र कारबाहीमा परेकालाई सम्बन्धित वार्डेन कार्यालयमा बुझाउने तथा वनविनाशको कुनै पनि क्रियाकलाप हुन नदिने कार्यमा सक्रियताका साथ खटिनेछन् । प्राकृतिक सम्पदा संरक्षण एवम् वैज्ञानिक अनुसन्धान कार्यमा आवश्यक पर्ने जनशक्ति उपलब्ध गराई सहयोग गर्ने कार्य गर्नेछन् ।
दुर्लभ वन्यजन्तुको संरक्षण गरी नेपाल र नेपालीको समृद्धि र विकासमा योगदान पु¥याउने कार्य भनेको समग्रमा देश विकास नै हो । नेपालमा संरक्षित वन्यजन्तुमा गैंडा, हात्ती, बाघ, कस्तूरी, मृग, ध्वाँसे चितुवा, हिँउ चितुवा, गौरीगाई, अर्ना, हिमाली कालो भालु, नीलगाई, गोहीलगायतका चमेरा र विभिन्न प्रजातिका चरा, दर्जनभन्दा बढी घस्रने जनावर रहेका छन् । खास गरी चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाका साथै तीन दर्जन स्तनधारी जनावर पाइन्छन् । सगरमाथा राष्ट्रिय निकुञ्जमा चितुवा, घोरल, झारल, भालु, मृग चराहरूमा कालिज, डाँफे, मुनाल, कोकले आदि पाइन्छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा हिमाली चराचुरुङ्गी पाइन्छन् भने से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा, तिब्बती खरायो पाइन्छन् ।
नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण स्थलमा भएका जीवजन्तु तथा पशुपन्छीको संरक्षणबाट पर्यटन व्यवसाय समेत फस्टाउने, रोजगारी प्राप्त हुने, देशको प्रचारप्रसार हुने जस्ता समग्रमा राष्ट्रको विकास नै हुने भएकाले नेपाली सेनाले यस्ता स्थलको सुरक्षा प्रदान गरी अतुलनीय योगदान पु¥याउँदै आएको छ । नेपाली सैनिकले नेपालका आम नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले नेपाली सैनिक कल्याणकारी योजनाहरू सञ्चालनमा ल्याई नागरिकको सेवाद्वारा देश विकासमा टेवा पु¥याउँदै आएको छ । नेपाली सेनाले सन् १९१४–१९१८ मा ब्रिटिस इन्डियाका तर्फबाट भाग लिएबापत ब्रिटिस इन्डिया सरकारले भत्ताबापत दिएको रकमबाट २४ बेड क्षमताको त्रिचन्द्र मेडिकल अस्पतालको स्थापना गरिएको थियो ।
सैनिक कल्याणकारी कोष वि.सं. २०६० सालमा नेपाली सेनाको यूएन मिसनमा सहभागी भएबापत प्राप्त रकम एक करोड २४ लाखबाट वि.सं. २०३२ सालमा स्थापना भएको सो कोष वि.सं. २०५१ सालबाट विधिवत् रूपमा श्री सैनिक कल्याणकारी योजना निर्देशनालयको रूपमा कार्य गर्दै आएको छ । यस कोषले नेपाली सेनाका सकल दर्जाहरूका शिक्षा स्वास्थ्य आवास आर्थिक राहत दैवी प्रकोपलगायतका दुर्घटना बिमा तथा स्वास्थ्य सेवाको क्षेत्रमा प्रत्यक्ष रूपमा राहतका कार्यहरू गर्दै आएको छ । यस कोषका मुख्य आम्दानीको स्रोतहरू शान्ति सेनामा खटिइजाने सेनाको २२ प्रतिशत, पर्यवेक्षकबाट ५ प्रतिशत, विद्यालयबाट प्राप्त हुने रकम, रिपुमर्देनी पेट्रोल पम्पबाट आउने रकम र विविध फारमहरू बिक्रीबाट प्राप्त हुने रकम नै मुख्य हुन्, जसले बर्सेनि हजारौंलाई सहयोग पु¥याएको हुन्छ ।
देशको भौगोलिक अखण्डता, एकता र सार्वभौमसत्ता अक्षुण्ण राख्नका लागि नेपाली सेनाले आफ्नो ज्यानको बाजी लगाई विदेशी सेनासँग पटक–पटक लड्नुपरेको सीमित स्रोत र साधनमा विदेशी सेना, जससँग हातहतियार पर्याप्त मात्रामा भएको, तैपनि निडर भई लडेर देशको सुरक्षार्थ अहोरात्र खट्ने नेपाली सेना वास्तवमा राष्ट्रका सच्चा सपूत हुन् । नेपाली सेनाका विशेषता भनेको त्याग, तपस्या बलिदान, कर्तव्यपरायणता, वफादारी, इमानदारी र कडा अनुशासन हुन्, जसले राष्ट्रिय सुरक्षा र विकासका लागि महŒवपूर्ण हुन्छन् । नेपाली सेनाले आमनागरिकसँग पनि सुमधुर सम्बन्ध बनाउन सफल भएको छ । भूकम्पको समयमा घाइते तथा पीडितको उपचार, उद्धारले सारा नेपाली कृतज्ञ भएका छन् । त्यसैगरी आगलागी, बाढीपहिरोपीडितजस्ता विपत्तिमा गरेको उदाहरणीय कार्यले नागरिकको मन जितेको छ ।
समय–समयमा गरिने स्वास्थ्य शिविर सरसफाइलगायतका नागरिकका बीचमा गरिने कार्यले सेनासँग नागरिकको सम्बन्ध वृद्धि मात्र गराएको छैन, भ्रातृत्वको समेत विकास भएको
छ । हाम्रो देशमा वि.सं. २०५२ फागुनदेखि २०६२ सालसम्म १० वर्षसम्म चलेको द्वन्द्वले सरकारी कार्यालयलगायतका भौतिक संरचना ध्वस्त गर्दा त्यसको सुरक्षार्थ खटिने अनि पुनर्निर्माणमा समेत प्रभावकारी भूमिका निर्वाह गर्ने नेपाली सेनाको कार्य प्रशंसनीय रहेको पाइन्छ । आज पनि ठूला जलविद्युत् आयोजना स्थलको सुरक्षा, राष्ट्रिय गौरवका आयोजना स्थलको सुरक्षालगायतका विभिन्न महŒवपूर्ण स्थलको सुरक्षामा खटिने नेपाली सेनाले विकासमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्दै आएको छ । राष्ट्रिय संग्रहालय, धार्मिक तथा ऐतिहासिक स्थलको सुरक्षामा पनि सेना उत्तिकै सक्रिय रहेका छन् ।
संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत शान्ति सेनामा जाने नेपाली सेनाले खेलेको भूमिका उच्च स्तरको रहेको छ । त्यसैले त मुख्य योगदान दिने राष्ट्रहरूको सूचीमा नेपाल छैटौं स्थानमा पर्न सफल भएको छ । नेपाली सेनाको वीरता, कर्तव्यनिष्ठता, इमानदारिताजस्ता गुणले नै आज विश्वमा अब्बल दर्जामा पर्न सफल भएको छ । त्यसरी शान्ति सेनामा खटिएपछि प्राप्त हुने पारिश्रमिकले पनि देश विकासमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुग्दै आएको छ । हाल देशमा लगभग ९० हजार सैनिक रहेको तथ्याङ्क पाइन्छ, जसले आफ्ना विभिन्न कार्य क्षेत्रमा आआफ्ना जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै राष्ट्रिय सुरक्षा तथा विकासलगायत चौतर्फी विकासका लागि हरतरहले सहयोग र सेवा गर्दै आफ्नो गरिमा उच्च बनाउँदै आएको छ ।
हाम्रो देशको कुल क्षेत्रफलमध्ये दसवटा निकुञ्जले १० हजार ८ सय ३५ किलोमिटर ओगटेको छ । त्यसैगरी तीनवटा आरक्षहरूले जम्मा ९ सय ७९ वर्गकिलोमिटर क्षेत्र, ६ वटा संरक्षण क्षेत्रको जम्मा १५ हजार ४ सय २५ वर्गकिलोमिटर, १२ वटा मध्यवर्ती क्षेत्रको क्षेत्रफल जम्मा ५ हजार ६ सय २ वर्गकिलोमिटर र सिकार आरक्ष १ हजार ३ सय २५ वर्ग किलोमिटरसमेत कुल क्षेत्रफल ३४ हजार १ सय ८५ वर्गकिलोमिटर छ, जुन नेपालको कुल क्षेत्रफलको २३ प्रतिशतभन्दा बढी रहेको छ । विविध कारणले बर्सेनि वनजंगल विनाश भइरहेको सन्दर्भमा निकुञ्ज तथा संरक्षण क्षेत्रमा सुरक्षा प्रदान गरी नेपाली सेनाले वातावरण संरक्षण मात्र नगरी इकोसिस्टमलाई सन्तुलनमा राखेर समग्र जीवजन्तु, वनस्पतिलगायत भूसंरक्षणमा समेत ठूलो योगदान पु¥याएको छ । तिनै निकुञ्जले नै पानीको मुहान संरक्षण, जलाधार संरक्षणमा समेत सहयोग पुगेको छ ।
शान्ति स्थापना गर्ने अहम् उद्देश्यले सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्र संघको स्थापना भएको हो भावी सन्ततिलाई युद्धको विभीषिकाबाट बचाउने, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने, अन्तर्राष्ट्रिय विवादलाई न्याय र कानुनका आधारमा समाधान गर्ने, जाति, भाषा, धर्म, लिंग, वर्ग आदिका आधारमा भेदभाव नगर्ने महान् उद्देश्य राखेर स्थापना भएको संयुक्त राष्ट्र संघअन्तर्गत रहेर विभिन्न युद्धग्रस्त राष्ट्रमा शान्ति स्थापनामा आफ्नो सीप र कौशलता प्रदर्शन गरी विशेष पहिचान निर्माण गर्नमा हाम्रो नेपाली सैनिक अब्बल मानिन्छन् । सन् १९६३ मा साइप्रसमा चलेको जातीय गृहयुद्धको अन्त्यका लागि त्यहाँ सेना पठाएर शान्ति कायम गरेको गौरवपूर्ण इतिहासले पनि हामीलाई सैनिकप्रति गर्व गर्न अन्तर्आत्मादेखि प्रेरणा आउँछ ।
सन् १९९२ देखि १९९३ सम्म कम्बोडियामा स्वतन्त्र निर्वाचन गराउन, मानवअधिकार बहाली गराउन र शरणार्थीलाई बसोबासको प्रबन्ध मिलाउनसमेत नेपाली सेनाको महŒवपूर्ण र उल्लेखनीय योगदान रहेको पाइन्छ । राष्ट्र निर्माणका आवश्यक पूर्वाधारहरू निर्माण गर्ने राष्ट्रिय अठोट र प्राथमिकताका आयोजनाहरूमा नेपाली सेनाले देखाएको दक्षता उदाहरणीय छँदै छ । खेलकुदमा पनि नेपाली सेनाको कौशलता उच्चस्तरको रहेको छ । यसका साथै देशका राष्ट्रिय पर्वविशेष जस्तै घोडेजात्रा, संविधान दिवस, फूलपाती भिœयाउने कार्यक्रम आदिमा सेनाले आफ्नो कला प्रदर्शन गर्ने कार्य गरी नेपाली संस्कृति, परम्परा र इतिहासलाई थप जीवन्त बनाउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गरी राष्ट्रनिर्माणमा नै बल पु¥याएको देखिन्छ ।
आफ्नो अत्यन्तै न्यून संख्याबाट आज लगभग ९० हजारको संख्यामा संगठन विस्तार गर्दै राष्ट्रको पहिचानसँग जोडिएका भौतिक संरचना निर्माण गर्दै विविध क्षेत्र, वन, वातावरण, जीवजन्तु, वनस्पति, पुराताŒिवक महŒवका स्थलको सुरक्षा, धार्मिक तथा ऐतिहासिक स्थलको सुरक्षाजस्ता देशको अस्तित्व विकास र समृद्धिको मार्गमा हरपल खट्ने नेपाली सेनाको अतुलनीय योगदानले समग्र नेपालीलाई गर्व गर्ने अवसर प्रदान गरेको छ । नेपालको राष्ट्रिय हित अभिवृद्धि गर्ने कार्यमा देशभित्र र बाहिरसमेत नेपाली सेना संलग्न रहँदै आएको छ । समयको माग विज्ञान प्रविधिको क्षेत्रमा भएको व्यापक परिवर्तन आदिले राष्ट्रिय सुरक्षामा पनि ज्यादै चुनौती थपिएका छन् । बदलिएको समय र प्रविधिलाई पछ्याउँदै सोहीअनुसारको तालिम, शिक्षा, सीपबाट सबै चुनौतीको सामना गर्न सक्ने बन्नु पनि सेनाको महŒवपूर्ण विशेषता बनेको देखिन्छ ।
नेपाली सेनाले सम्पादन गर्दै आएको विभिन्न क्षेत्रको सुरक्षा, विकास निर्माण, कलाकौशल, मानवीय सेवा, शान्ति स्थापना, जैविक विविधताको संरक्षण, वन्यजन्तुको संरक्षणमा पु¥याएको योगदान आदिले देशको विकास गराउँदै सम्पूर्ण नेपालीले सेनाप्रति गौरवान्वित हुने महŒवपूर्ण अवसर प्रदान गरेको छ । आफ्नो घरपरिवार, नातागोता केही नभनी राष्ट्रहित र विकासका लागि अनवरत रूपमा लाग्ने नेपाली सैनिक सम्पूर्ण प्रशंसाका पात्र हुन् ।
निष्कर्षमा भन्नुपर्दा अनेकौं उकालीओराली पार गर्दै आफ्नो गौरवमय इतिहासलाई प्रज्वलित पार्दै आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा पनि आपूmलाई प्रभावकारी रूपले सहभागी गराउँदै अगाडि बढ्नेले नेपाली सेना र नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुने देखिन्छ ।


सन्दर्भ सामग्री

१. नेपाली सेनाको इतिहास, २०६९
२. सिपाही पत्रिका, २०७३
३. नेपालको इतिहास
४. नेपाल परिचय
५. निर्माणमा नेपाली सेना, २०७३
६. सेनासम्बन्धी विभिन्न पत्रिका

प्रतिक्रिया दिनुहोस्