श्रम गन्तव्यमा रोकिएका नेपाली श्रमिकको उद्धार कहिले ?
वैदेशिक रोजगारीमा जाने र विदेशमा अलपत्र पर्ने श्रमिकलाई उद्धारका लागि हवाई सेवा सञ्चालन गर्न नसक्दा हजारौँ श्रमिक अलपत्र परेका छन् ।
अघिल्लो लकडाउनमा विमान चार्टर्ड गरेर रोजगारीका लागि विदेश जाने र आउने श्रमिकका लागि आवागमन र प्रस्थान खुला गरेको सरकारले हालसम्म खुला नगर्दा अलपत्र परेका हुन् तर रोजगारीका लागि विदेश जाने दैनिक ४०० नेपाली युवालाई बेवास्ता गरेर सरकारले नेपालका २ हवाई सेवा कम्पनीलाई भारतीय श्रमिकलाई श्रम गन्तव्य जान भने अनुमति दिएको छ । विदेशी श्रमिकका लागि अनुमति दिएको सरकारले आफ्नै देशका श्रमिकलाई विदेश जानबाट रोक लगाएको छ । सरकारले वार्षिक ८ खर्बभन्दा बढी रिमेट्यान्सको योगदान गर्ने श्रमिकलाई बेवास्ता गरेकोमा श्रम अधिकारकर्मीले समेत आलोचना गरेका छन् ।
सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना संक्रमणको कारण देखाउँदै नेपाली श्रमिकलाई अनिश्चित समयका लागि अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेर वैदेशिक रोजगारीमा जान रोक लगाए पनि भारतीय श्रमिक तथा गैरश्रमिक नागरिकलाई साउदी अरब जान अनुमति दिएको छ । साउदी अरब सरकारले भारतमा बढदै गइरहेको कोरोना संक्रमणका कारण त्यहाँबाट श्रमिक जान रोक लगाएपछि उनीहरूका लागि नेपालबाट विदेशिने अनुमति दिइएको छ । साउदी अरबले नेपालबाट जाने श्रमिकलाई अभैmसम्म पनि प्रवेश अनुमतिमा रोक नलगाए पनि नेपाली श्रमिकलाई भने रोजगारीका लागि विदेश जान अतिरिक्त उडानको व्यवस्था गर्न सकेको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले छुट्टी पाएका, करार अवधि सकिएका श्रमिक नेपाल फर्कन नपाएको र श्रम स्वीकृति लिएका विदेश जान नपाएको बताए । उनले निषेधाज्ञा अघि नै नेपालमा बसेर रोजगारीका लागि विदेश जाने तयारीमा रहेका भारतीय श्रमिकलाई नेपालबाट उडान अनुमति दिएको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय दूताबासको अनुरोध भन्दै नेपाल एयरलाइन्सलाई साताको ७ र हिमालय साताको ३ चार्टर्ड उडान गर्ने अनुमति दिएको छ । श्रम गन्तव्यले अवरोध नगरेको अवस्थामा नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकलाई चार्टर्ड उडानमार्पmत पठाउने पर्नेमा कोरोना संकक्रमको बढदो त्रासलाई बेवास्ता गरेर विदेशी यात्रुलाई उडाउन अनुमति दिएको छ । यस सम्बन्धमा वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी नेपाली श्रमिकलाई चार्टर्ड उडानमार्पmत पठाउँदा महँगो पर्ने बताउँदै अन्य निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको बताउँछन् ।
मन्त्रालयले नागरिक उड्डयन प्रधिकरणलाई पठाएको पत्रमा भारतीय राजदूतावासको अनुरोधमा भारतीय नागरिक लैजानका लागि काठमाडौंबाट साउदी अरेबियाको विभिन्न गन्तव्यमा एकतर्फी यात्रु बोक्नेगरी उडान अनुमति दिन अनुरोध गरिएको छ । मन्त्रालयका एटीसी अफिसर सुवर्णराज भट्टराई प्राधिकरणलाई पठाइएको पत्रमा भारतीय दूतावासको आग्रहमा भन्दै साउदी अरेबियाका विभिन्न गन्तव्यमा एकतर्फी यात्रु बोक्ने गरी सातामा १० उडान गर्न अनुमति दिइएको बताउँछन् । यसैगरी हिमालयन एयरलाइन्सले ३ उडान गर्न अनुमति पाएको छ । परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट पत्र आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको छ । भारतीय दूतावासले वैशाख २९ गते परराष्ट्र मन्त्रालयमार्पmत उडान अनुमतिका लागि पर्यटन मन्त्रालयमा सिफारिस गरेको थियो । सोहीअनुसार वैशाख ३० गते मन्त्रालयले भारतीय नागरिकलाई रोजगारीका लागि साउदी लैजान अनुमति दिएको छ । नेपाल लोकतान्त्रिक वैशिक रोजगार व्यवसायी एसोसिएसका भवानी निरौला भने साउदी सरकारले भारतीय कामदारलाई सिधा उडानमा प्रतिबन्ध गरेको अवस्थामा नेपालबाट उडान सुरु गरेको बताउँदै सरकारले नेपाली श्रमिक भने छुट्टी पाएका, करार अवधि सकिएका घर फर्किने आशमा दूतावासमा दैलो ढुकेर बसेको बेलामा उनीहरूका लागि पनि व्यवस्था गर्नुपर्ने बताउँछन् । “भिषा लागेर अन्य प्रकृया पूरा भएरसमेत उड्न नपाएका नेपाली श्रमिकको संख्या लाखौंमा छ,” उनले भने, “यसअघि २५–३० हजारमा पाइने टिकटको मूल्य हाल ४ गुणाले बढेको छ । यसतर्फ सरकारको कुनै चासो देखिएन बरु अर्को देशले सामान्य अनुरोध गरेकै भरमा जोखिम बढाउने कार्यमा अग्रसर देखियो ।”
२ साता अगाडि सीसीएमसीको अनुरोधमा नेपालबाट ट्रान्जिट र उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । वैदेशिक रोजगारको तथ्यांकअनुसार चैत महिनामा मात्र वैदेशिक रोजगारमा जानका लागि ३२ हजार नेपाली युवाले श्रम स्वीकृति लिएको देखिन्छ ।