दैलेखमा जिप दुर्घटनाः जुम्लाका २ जनाको मृत्यु «

दैलेखमा जिप दुर्घटनाः जुम्लाका २ जनाको मृत्यु


दैलेखमा जिप दुर्घटना हँुदा जुम्लाका दुईजनाको मृत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लू नगरपालिका–३, स्थित स्याला भन्ने ठाउमा मा जिप दुर्घटना हुँदा मंगलबार बिहान घटनास्थलमै दुई जनाको मृत्यु भएको ।
जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिप दुर्घटनामा परी ज्यान गुमाउनेमा जुम्लाको गुठीचौर गाउँपालिका–४ का ३८ वर्षीय जिप चालक रामहरी न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुप श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ । निषेधाज्ञाकाबीच के कति कामले जिप सुर्खेततर्फ गएको भन्ने विषय पनि अनुसन्धानमै रहेको छ । जुम्ला प्रहरीसँग आवश्यक परामर्श गरे घटनाबारे छानबिन गरिने छन् । तर, दुर्घटना भएको जिपमा मृतक दुईजना मात्रै रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्