माछापुच्छ्रे बैंकको केयर कार्ड सुविधा

माछापुच्छ्रे बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्योउने उद्देश्यले एमबिएल क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले आफ्नो तथा परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छे« बैंकको केयर कार्ड सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई दश लाखसम्मको रकम प्रदान गर्ने छ ।
बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकले उक्त सुविधा लिन सक्ने छन् । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकले बैंकको वेबसाइट मा गएर क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने बैंकले जनाएको छ ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बिभिन्न समयमा यस्ता सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । यो सुविधा बैंकका देशैभर रहेका १६० शाखाहरु मार्फत उपयोग गर्न सकिने बताइएको छ ।