Logo

शिवम सिमेन्टको हेटौडा अस्पताललाई सहयोग

शिवम सिमेन्टले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई १ सय ९० थान अक्सिजन सिलिण्डर दिएको छ । कोभिडको दोस्रो लहरसँगै अक्सिजन अभावलाई कम गर्न उद्योगले सिलिण्डर दिएको हो ।
उद्योगले हेटौडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन दिएको हो । यो बाहेक उद्योगले ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड र पाँच मेडिकल मोनिटर पनि दिएको छ ।
सिलिण्डर र बेडले कोरोना उपचारबाट बञ्चित भएका सर्वसाधारणलाई राहत पुग्ने उद्योगले विश्वास लिएको जनाएको छ । १२ वर्षअघि स्थापना भएको शिवमले नेपाल गुणस्तर चिन्ह ५७२, ४९ र आइएसओ समेत पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्