निषेधाज्ञामा बिकेन दूध «

निषेधाज्ञामा बिकेन दूध

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण जुम्लाका किसानले दूध बिक्री गर्न नपाएको गुनासो गरेका छन् । संक्रमण दर दैनिक बढ्दै गएपछि औषधी पसलबाहेक सबै सेवा बन्द हुने गरी निषेधाज्ञा जारी भएपछि दूध बिक्री गर्न नपाउँदा किसान मर्कामा परेका हुन् ।
गुठिचौर गाउँपालिका ५ का किसान विष्णु धिताल घरमा निषेधाज्ञाले दैनिक ४० लिटर दूध थन्किएपछि घाटा व्यवहोर्नु परेको बताउँछन् । जुम्लामा निषेधाज्ञा जारी भएसँगै दूध बिक्री गर्न नपाएको उनको भनाइ छ ।
दैनिक ४० लिटर दूध ल्याएर बजारमा बिक्री गर्ने उनको व्यापार आजभोली ठप्प भएको छ । जसका कारण दैनिक ५ देखि ६ हजार बराबरको घाटा व्यहोर्नु परेको किसान धितालले बताए ।
दैनिक घाटा मात्रै व्यवहोर्नु पर्दा भैसीलाई दाना कसरी खुवाउने चिन्तामा किसान छन् । पहिलो चरणको कोरोना संक्रमण रोकथामका लागि लकडाउन हुँदा दूध बिक्री वितरण खुल्ला थियो । दूधबाट अन्य परिकार बनाउने सीप नहुँदा बिक्री गर्न नपाएको दूध खेर गएको किसानले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्