नेपालगंजमा माघमा प्रादेशिक महोत्सव «

नेपालगंजमा माघमा प्रादेशिक महोत्सव

नेपालगञ्ज उद्योग वाणिज्य संघको स्वर्णिम वर्षको अवसरमा आगामी माघ ११ गतेदेखि २२ गतेसम्म ‘प्रादेशिक महोत्सव–२०७४’ हुन गइरहेको छ ।
वि.सं. २०५७ सालदेखि सुरु भएको महोत्सवको आफ्नै गरिमा र लोकप्रियता रहँदै आएको भन्दै महांघले यस महोत्सवलाई जिल्लावासीले मात्र होइन सम्पूर्ण प्रदेशवासी जनसमुदायले महान् पर्वको रूपमा आत्मसात् गर्दै आएको पनि जनाएको छ ।
महोत्सवको सातौं संस्करणमा विगतमा झैं यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० बिगाहा जमिनमा बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माणको सहयोगार्थ महोत्सव आयोजना गर्न लागिएको पनि संघले जनाएको छ । प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्दै स्वाधीन र बलियो प्रदेश निर्माण गर्ने अभियानमा टेवा पुराउदै राष्ट्र र प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको जनाएको छ ।
नेपालगञ्ज सहर ५ नं. प्रदेशका साथै ६ नम्बर प्रदेशको पनि व्यापारिक द्वारको रूपमा रहेको हुनाले प्राकृतिक विविधताहरूका साथै भाषा–भाषि, जात–जाति, धर्म–संस्कृतिको संगमले सजिएको यस क्षेत्रमा महोत्सवका माध्यमबाट विविधता र एकतालाई प्रतिबिम्वित गरिने बताइएको छ । प्रदेशको एकता र सद्भावलाई अझै प्रगाढ र बलियो बनाउने आयोजकले जनाएको छ ।
प्रादेशिक महोत्सव–२०७४ मा साना तथा मझौला कृषक आयस्तर वृद्घि आयोजना र संघको सहआयोजनामा महोत्सव अयोजना गर्न लागिएको हो । नेपालगञ्ज उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण वस्तुगत संघ–संगठनहरू तथा अन्य सहयोगी संघ–संस्थाहरूले यस महोत्सवमा सहयोग गनेर्ए पनि संघले जनाको छ । महोत्सवलाई सफलद पार्न संघका अध्यक्ष तथा प्रादेशिक महोत्सव–२०७४ को संयोजक नन्दलाल वैश्यको संयोजकत्वमा ७ सय ५१ सदस्यीय मूल आयोजक समिति तथा २२ वटा उपसमिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्