निषेधाज्ञाको समयमा नागरिकहरूलाई घर–घरमा सेवादिने

कोरोनाका भाइसरका कारण नागरिकहरूलाई बिभिन्न समस्या हुँदै आएको छ । स्वास्थ्य, खानेपानी, खाद्यन्न उपचारका लागि सवारी साधानलगायतका नागरिकहरूलाई समस्या हुने भएको तेह्रथुमको छथर गाउँपालिकाले आफ्ना नागरिकहरूलाई निषेधाज्ञाको समयमा घर–घरमा सेवा दिने भएको छ । कोरोना भाइरस कोभिड–१९ नयाँ भेरियन्ट्स संक्रमण तीव्र रुपमा बढ्दै बढिरहेको बेलास्थानीय सरकारले घर–घरमा सेवा दिने गाउँपालिका सन्तोष तिगेलाले बताए ।
आकस्मिक रुपमा बिरामी भएका नागरिकहरूलाई घर–घरमै सवारी साधान निःशुल्क उपलब्ध गराउने गरी गाउँपालिकाअध्यक्ष सवार गाडीका साथै अन्य सवारी साधानको आवश्यकताअनुसार सेवादिने अध्यक्ष तिगेलाले बताए । त्यस्तै खाद्यान्नको अभावभएमा टोलविकासको अनुरोधमा निःशुल्क ढुवानीको व्यवस्था गरिदिने, खानेपानीको अभाव भएमा टोलमै ट्याङ्करमार्फत आपूर्ति गरिदिने, संक्रमितहरू नआत्तिनुहोस् स्वास्थ्यकर्मीमार्फत दैनिकदुई पटक टेलिफोनमार्फत परामर्श सेवादिने र निषेधाज्ञाको समयमा कसैको निधन भएमा निःशुल्क सवारी साधन उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
कोरोनाको संक्रमण यो पालिकामापनी बढ्दै आएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको यस गाउँपालिकाले गतबर्षको कोरोनाको कहरमा दिँदै आएको सेवा यसपटक पनि निरन्तरता दिने भएको हो । दैनिक ज्यालादारी कामदारको हकमा भने निमार्णको कामहरू भई रहेकाले जीवनयापनमा समस्या नभएको अध्यक्ष लिम्बुको भनाइ छ । गाउँपालिकाले संक्रमणबाट बच्नकालागीनिशेधाज्ञा जारी गर्दै आएको छ । अत्यावश्यक सेवाहरू दूध, तरकारी, खाद्यान्नको हकमा केही फितलो बनाइएको छ ।