लायन्स क्लब र तरुण दलद्वारा स्वास्थ्य सामग्री प्रदान
लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरि र नेपाल तरुण दल क्षेत्र नम्बर–१० को संयुक्त आयोजनामा चन्द्रागिरि–३ मा रहेको आइसोलेसन केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरि तथा वडा नम्बर–३ का वडाध्यक्ष दुर्गालाल महर्जनको उपस्थितिमा पीपीई २५ थान, सेनिटाइजर, ग्लब्स २५ बक्ससहितका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो । अस्पतालमा कार्यरत चिकित्सक, नर्सको सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरिएको तरुण दल क्षेत्र नम्बर–१० का सभापति इश्वर लामाले बताए । लायन्स क्लब र तरुण दलका पदाधिकारीले चन्द्रागिरि–३ मा रहेको नयाँ आइसोलेसन भवनमा पुगी सो सुरक्षा सामग्री प्रदान गरेका थिए ।