समृद्धि फाइनान्सको डिजिटल पेमेन्ट सेवा सुरू «

समृद्धि फाइनान्सको डिजिटल पेमेन्ट सेवा सुरू

समृद्धि फाइनान्स कम्पनीले डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । सो सेवाको प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले भर्चुअलमाध्यमबाट उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कोरोनाको महामारीले गर्दा कम्पनीका ग्राहकलाई फाइनान्स कम्पनीसम्म आइ विभिन्न सेवा सुविधा लिन असहज भएकाले कम्पनीले डिजिटल पेमेन्ट सुविधा ल्याएको बताए ।
अब ग्राहकले घरमै बसेर डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विभिन्न सेवा प्रदायकहरुको शुल्क भुक्तानी गर्नेलगायतका सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।
फाइनान्सका सम्पूर्ण ग्राहकलाई मोवाइल बैंकिङ्ग र डेबिट कार्ड सेवा सुचारु गर्दा शुल्क नलाग्ने बताइएको छ ।
सो फाइनान्सले हेटौंडा, काठमाडौं, पोखरा, नारायणघाट र बुटवलमा रहेका पाँच वटा शाखामार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।
संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्