Logo

ज्योति विकास बैंकद्वारा भिम अस्पताललाई सहयोग

रुपन्देहीस्थित जिल्ला अस्पताल भिमलाई ज्योति विकास बैंक भैरहवा शाखाले ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
बैंकका भैरहवा शाखा प्रबन्धक मनोज भण्डारीले सो रकम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरे । शाखा प्रबन्धक भण्डारीले अहिलेको असहज समयमा अस्पतालमा उपचारका लागि आएका बिरामीहरुको प्रयोजन हुने अक्सिजन सिलिण्डरमा मा अक्सिजन ग्यास रिफिल गर्न रकम हस्तान्तरण गरेको बताए ।
रकम बुझदै अस्पतालका अध्यक्ष नारायण भण्डारीले अहिले अक्सिजनको अभावमा उपचारमा रहेका कुनै बिरामीको ज्यान नजाओस भन्ने उद्देश्य रहेको र सिंगो अस्पताल व्यवस्थापन त्यस्मा जुटेको बताए । उनले अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आवश्यक काम सुरु गरिसकेको जनाए ।

प्रतिक्रिया दिनुहोस्