नेसनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्री नियुक्त «

नेसनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्री नियुक्त

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृतमा सुरेशप्रसाद खत्रीको नियुक्तिलाई बिमा समितिले स्वीकृति दिएको छ । कम्पनीको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बिमा समितिसँग सैद्धान्तिक सहमति मागेको थियो ।
गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधि सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।
बैंग्लोरबाट एमबीए गरेका खत्रीको बिमा क्षेत्रमा साढे दुई दशकको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्