Logo

कोभिड रोकथाममा जुट्दै निजी क्षेत्र

तथ्यांकअनुसार जुम्ला हालसम्म २ सय ६७ जनामा संक्रमित छन् । उनीहरूमध्ये ३० जना मात्रै अस्पतालमा छन् । भने, बाँकी सबै होमआइसोलेसनमा बसेका छन् । स्थानीयतहका आइसोलेसन रित्तै राखेर संक्रमितलाई होम आइसोलेसनमा राख्ने नीतिले गाउँगाउँमा संक्रमण फैलिएको हो । होमआइसोलेसनमा बसेका संक्रमितहरूको लापरबाहिकै कारण गाउँगाउँमा संक्रमणको जोखिम पाइएको छ ।
तर, स्थानीय तह भने विगतको जस्तो सक्रिय देखिँदैनन् । डीसीसीएमसीको बैठकले प्रत्येक स्थानीय तहले ५०÷५० बेडको आइसोलेसन तयार गर्ने निर्णय गरे पनि अधिकांश स्थानीयतहमा अहिलेसम्म कुनै तयारी छैन । एकातिर स्थानीयतह मौन रहने अर्कोतिर संक्रमण बढ्दै जाने विषम् परिस्थितीलाई मध्यनजर गर्दै उद्योग बाणिज्य संघ जुम्लाले कोभिड रोकथाममा साथ दिन थालेको छ ।
दोस्रो लहरको कोभिड संकटलाई रोकथाम तथा नियन्त्रण गर्न स्थाानीय तह, प्रहरी प्रशासन संग हातेमालो गर्दै निःशुल्क कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । भौगोलिक हिसाबले विकट जुम्लाका दुर्गमबस्तीबाट संक्रमितलाई ओपारपोसार गर्न,२४ घण्टा उपलब्ध हुने गरी निःशुल्क कोभिड एम्बुलेन्स संचालनमा ल्याएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जवअलि मनिहारले बताए ।
उनले भने, “संकटमा निजी क्षेत्र मौन बस्नु नैतिकताले दिदैन् । कार्यसमितिको निर्णयअनुसार कोरोना महामारीबाट नागरिकलाई जोगाउन निजी क्षेत्र डटेर लाग्ने भएको छ । एम्बुलेन्स नपाएर अस्पताल पुग्न नपाई कसैले ज्यान गुमाउनु पर्दैन ।”
कोभिड एम्बुलेन्स सञ्चालनको सम्झौता भने दुई महिनाका लागि भएको छ । तर, अहिले नीजि गाडीलाई मासिक ९५ हजार खर्च लाग्ने गरी भाडामा लिएको र तत्तकाल एक महिना संचालन हुनेछ । भने, आवश्यकताअनुसार कोभिड अवधिभर उद्योग वाणिज्य संघले निःशुल्क एम्बुलेन्स संचालन गर्ने अध्यक्ष मनिहारको भनाइ छ ।
उनले थपे, “प्रतिष्ठानको एम्बुलेन्स तथा अन्य सवारीले सदरमुकाम भन्दा बाहिरबाट विरामी लिँदा करिब ४ हजार लिन्छन् । तर, निःशुल्क एम्बुलेन्स सेवाले सदरमुकामभन्दा सयौ किलोमिटर दुर्गममा रहेका नागरिकलाई संकटमा ठुलो राहत पु¥याउने विश्वास छ ।
साथै उद्योग वाणिज्य संघको भवनमा आइसोलेसन बनाउने दिने समेत निर्णय गरिएको छ । कुनैपनि निकायले नागरिकको राहतका लागि उद्योग वाणिज्य संघमा कोभिड अवधिभरका लागि आइसोलेसन बनाउन सक्ने छन् । आइसोलेसन बनाउन निःशुल्क हल पनि उपलब्ध गराइने भएको हो ।
त्यस्तै उद्योग वाणिज्य संघले निःशुल्क संचालनमाा ल्याएको,एम्बुलेन्स सेवाका लागि ०८७ ५२००३८,९८४८३०५५७९,९८५८३२०२५२, फोन नम्बरमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।
फोटो क्याप्सनः उद्योग वाणिज्य संघले निःशुल्क सञ्चालन गरेको कोभिड एम्बुलेन्स । तस्बिरः सागर परियार ।

प्रतिक्रिया दिनुहोस्