प्रधानमन्त्रीको शपथविरुद्ध रिट निवेदन दर्ता «

प्रधानमन्त्रीको शपथविरुद्ध रिट निवेदन दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा शपथ लिएको भन्दै पुनः शपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्रीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।
संविधानको धारा ८० अनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले संघीय कानुन बमोजिम पद तथा गोपनियताको शपथ लिनुपर्ने भएपनि हालसम्म संघीय कानुन नबनेकोले प्रधानमन्त्री लगायत मन्त्रीहरुको शपथ गैरसंवैधानिक भएको भन्दै तत्काल प्रधानमन्त्री ओलीलाई काम कारबाही गर्न नदिन र पुनः शपथ ग्रहण गराएर मात्रै काम गर्न दिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले सोमबार रिट दर्ता गराएका हुन् । संघीय कानुन बनाएर मात्रै सपथ ग्रहण गराई काम गराउन माग गर्दै रिट हालेको अधिवक्ता लोकेन्द्र ओलीले बताए ।
प्रधानमन्त्री ओलीले शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि राष्ट्रपति भण्डारीले दाहो¥याएकी थिइन् । दोहो¥याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । यही कारण प्रधानमन्त्रीको सपथ ग्रहण विवादमा तानिएको थियो । रिट निवेदनमा संघीय संसदको सदस्य नरहेका ७ जना मन्त्रीहरुलाई पनि संविधान विपरित नियुक्त गरिएकोले उनीहरुलाई पदमुक्त गर्न पनि माग गरिएको छ । सांसद नभएको भएपनि प्रधानमन्त्री ओलीले दुई÷दुई पटक मन्त्री नियुक्त गरेको र यस्तो व्यवस्था संविधानमा नभएको अधिवक्ता लोकेन्द्र ओलीले बताए । सो रिट निवेदनको पेशी मंगलबारलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्