कोभिड बिरामीका कुरुवा र स्वास्थ्यकर्मीलाई पोखरामा दैनिक खाना

देशमा कोरोनाको महामारीले भयाभह भएको अवस्थामा केही राजनीतिक दलहरू आफ्नो स्वार्थ पूर्ति गर्न सत्ता र शक्तिको खेलमा लागेका बेला विवेकशील साझा पार्टी भने फरक ढंगले प्रस्तुत भएको छ । कसले के गर्योभन्दा पनि हामीले महामारीका वेला गर्याैं भनेर आफैंलाई समीक्षा गर्दा केही गर्नुपर्छ भन्ने भावले आफूहरूले स्वतः स्फुर्त रूपमा कोभिडका बिरामी उनका कुरुवा र स्वास्थ्यकर्मीलाई खानाको प्रबन्ध गर्ने सोच अनुरुप तातो खाना अभियानमा लागेको विवेकशील साझा पार्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले बताए ।
विवेकशील साझा पार्टीले कोभिडका बिरामी उनका कुरुवा र स्वास्थ्यकर्मीलाई पोखरामा तातो खाना खुवाउन सुरुवात गरेको छ । कोरोनाको कारण पोखरा क्षेत्रमा अधिकांश होटल तथा रेष्टुराँहरू बन्द भएकाले कोभिडका बिरामी उनका कुरुवा र स्वास्थ्यकर्मीलाई लक्षित गरी हाल आइतबार साँझ देखि पोखरामा तातो खाना खुवाउन सुरु गरेको संयोजक श्रेष्ठले बताए ।
आइतबार करिब २ सय जनालाई तातो सादा खानाको व्यवस्था गरेको बताएका उनले खाना खुलाउँदा पूर्णरूपमा कोरोना संक्रणबाट बच्न र बचाउने गरी आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी खानाको व्यबस्था मिलाएको उनले जनाए । उनले भने, “कोरोनाको यो महामारीमा हामीले पनि केही गरौं भनेर सानो प्रयास गरेका हौं, अस्पतालमा केहीले पैसाको अभाव त केहीसंग पैसा भएर पनि रेष्टुराँहरू बन्द भएकोले खानाको व्यवस्था नभएकाले गर्दा हामीले पहिलो चरणका लागि १० दिनका लागि यो अभियान सुरु गरेका हौं । ” आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीपीई लगायर प्याकिङ खाना दाल, भात र तरकारीको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जनाए ।
अस्पतालमा भर्ना भएका कोभिड बिरामी, उनका कुरुवा र आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मी गरेर दैनिक २ सय छाक साँझमा मात्र खाना खुवाउने भएको संयोजक श्रेष्ठले जनाए । दुई दिन भेजपछि तेस्रो दिनमा नन भेजको व्यवस्था गर्ने र १० दिनको अवस्था हेरिकन दाता र आवश्यकतालाई मध्यनजर गरी पुनः निरन्तरता समेत दिन सकिने भएको उनले बताए । विवेकशील साझा पार्टीको जिल्ला, प्रदेश र केन्द्रको समन्वयमा हाल पहिलो चरणको लागि महानगर कमिटि र पदाधिकारीले उक्त खर्च व्यबस्थापन गर्ने भएका छन् । प्रतिष्ठानको कोभिड उपचार केन्द्र, मेडिकल वार्डमा समेत संचालमना आएको कोभिड उपचार केन्द्रमा गरी हाल ८० जना कोरोनाका बिरामीको उपचार भइरहेको कोभिड उपचार केन्द्रका संयोजक शरदचन्द्र बरालले बताए । लेकसाइडको गडफाडर पिज्जेरियाको भान्सामा खाना पकायर प्याकिङ गरेर ताततातै तयारी पारी खाना वितरण गरिने भएको श्रेष्ठले बताए ।