रोटरीद्वारा तीन थान अक्सिजन कन्सन्ट्रेटर प्रदान «

रोटरीद्वारा तीन थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

सिद्धार्थनगर नगरपालिकाले सिद्धार्थ बसपार्क भैरहवामा सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रलाई रोटरी क्लब अफ भैरहवाले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको छ ।
उक्त सामग्री रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ताले सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेलाई हस्तान्तरण गर्दै कोभिड–१९ को महामारीमा बिरामीलाई अक्सिजन अभाव भइरहेको सन्दर्भमा यो अक्सिजन मेसिनले केही मद्दत पुग्ने बताए ।
सामग्री बुभ्mदै उपप्रमुख काफ्लेले वर्तमान समयमा अक्सिजन सिलिन्डर ग्यासको अभाव भएको समयमा मेसिनले केही राहत पुग्ने बताइन् । सोही क्रममा क्लबले आइसोलेसन सेन्टरको प्रयोजनका लागि ४ सय लिटर डिसइन्फेक्सन केमिकलसमेत प्रदान गरेको समन्वय कर्ता रोटरी क्लब अफ भैरहवाका पूर्वअध्यक्ष सञ्जीब शर्मा रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्