बजेट अधिवेशनका लागि संसद सचिवालयको तयारी
संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्छ । तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ ।
सचिवालले अब भने समय अभावन भएकाले प्रि–बजेट माथि छलफल चलाउन नसकिने बताएको छ । प्रवक्ता डा. रोजनाथ पाण्डेलले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलिय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने भएपनि प्रि–बजेट छलफलका लागि भने समय नपुग्ने बताए । “प्रि–बजेटलाई त अब समय छैन” उनले भने, “अब नीति तथा कार्यक्रम र बजेटकाका लागि १÷२ दिन भित्रै बैठक आह्वान भए छोटो तरिकाले बैठक सञ्चालन गरेर सीमित सांसदको दलिय प्रतिनिधित्व गराएर छलफल गर्न सकिन्छ ।”
प्रवक्ता पाण्डेले कोरोना महामारी तीव्ररूपमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरे पनि सचिवालयले प्राविधिक तयारी गरेको बताए । तर भर्चुअल बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावलीले संशोधन गर्नुपर्ने उनले बताए । संविधान र कार्यसञ्चालन नियमावलीले भौतिक रुपमा उपस्थित भएर बैठक सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।