जुम्लामा एक जना कोरोना संक्रमितको मृत्यु «

जुम्लामा एक जना कोरोना संक्रमितको मृत्यु


जुम्लामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारथ कालिकोटका एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो । जुम्ला अस्पतालमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घटना हो ।
जुम्ला अस्पतालमा हालसम्म संक्रमणले मृत्यु भएको थिएन । प्रतिष्ठानको आईसीयूमा उपचार गरिरहेका कालिकोट तिलागुफा नगरपालिका–३ का ६७ वर्षीय सिंहबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नवीन थापा मगरले बताए ।
आईसीयूमै उपचार गर्ने क्रममा ज्यान गएको प्रहरीको भनाइ छ । मृतक शाहीलाई कालिकोटमा अक्सिजन अभाव भएपछि उपचारका लागि बैशाख ३१ गते जुम्ला ल्याइएको थियो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिंहको उपचारको क्रममा मृत्यू हुने कोरोना संक्रमित पहिलो विरामी भएको बताए ।
कर्णाली प्रतिष्ठानमा पीसीआरबाट संक्रमित हुनेको संख्या २ सय १० जना पुगेको छ । अहिले २७ जना बिरामी भर्ना गरिएको मेडिकल रेकडर मेघराज बुढाले बताए । प्रतिष्ठानमा अहिले हुम्लाबाट एक जना र कालिकोटका एक जना बिरामीको समेत उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्