टेलिकमको भ्वाइस ओभर लंग टर्म इभोलुसन सेवा «

टेलिकमको भ्वाइस ओभर लंग टर्म इभोलुसन सेवा

नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत भ्वाइस ओभर लंग टर्म इभोलुसन सेवा सञ्चालनमा ल्याउने भएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा २०७८ जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भ्वाइस ओभर लंग टर्म इभोलुसन सेवाको परीक्षण शुरुवात गर्न लागिएको टेलिकमले वजनाउको छ । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने पनि कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्