पोको एक्स ३ प्रो नेपालमा सार्वजनिक «

पोको एक्स ३ प्रो नेपालमा सार्वजनिक

इन्डस्ट्री रिडिफाइनिङ् स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो को लन्च गरेको छ । योङ्ग टेक र गेमिङ्ग इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफूल बनाएर परिभाषित गरेको कम्पनीले जनाएको छ ।
पोको एफ १ को पावर र प्रोफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो फ्ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणको रूपमा प्रस्तुत भएको कम्पनीले जनाएको छ । यो ८ कोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथ उपलब्ध रहेको जनाइएको छ ।
यो स्मार्ट फोनमा १२० हट्र्जको डिस्प्ले, प्रो ४८ एमपी क्वाड क्यामेरा सेटअपलगायतका विशेषता रहेको जनाइएको छ । पोको एक्स ३ प्रो ग्राफाइट ब्ल्याक, स्टील ब्लु र गाल्डेन ब्रन्जमा उपलब्ध रहेका छन् । यी स्मार्ट फोनको बजार मूल्य (६ जीबी+१२८ जीबी) को ३२ हजार र (८ जीबी+२५६ जीबी) को ३७ हजार रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्