Logo

खानेपानी आयोजना हस्तान्तरण

कोरोनाको महामारी जारी रहेका बेला धादिङमा दुई वटा खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ । गजुरी गाउँपालिकामा निर्माण सम्पन्न भएका खानेपानी आयोजना उपभोक्तालाई हस्तन्तरण गरिएको हो ।
कार्यपालिकाले एक घर एक धारा बनाउने अभियानअनुसार नै कोरोनकै बीच आयोजना हस्तान्तरण गर्न सफल भएको गाँउपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए । यी दुई आयोजनासहित गजुरी गाउँपालिकामा ३ हजार ८ सय परिवारमा एक घर एक धारा पुगेको छ । आगामी चैतसम्म थप एक हजार दुई सय परिवारमा खानेपानी धारा पुर्याए लक्ष्यका साथ चार योजना सञ्चालन प्रक्रियामा रहेको अध्यक्ष बस्नेतले बताए ।
अक्सफामको सहयोगमा पूर्णिमा कार्यक्रम अन्तरगत प्रयास नेपाल धादिङ प्राविधि, आर्थिक तथा सामाजिक परिचालनमा सहयोग पुर्याएको अध्यक्ष रेष्टन कँडेलले बताए । कार्यक्रम एक वर्ष अघि हस्तान्तरण गर्नु पर्ने विविध कारण ढिलो निमार्ण सम्पन्न भएको र यी दुई आयोजना हस्तन्तारण नगरी नयाँ आयोजना सम्झौता गर्न प्राविधिक रुपमा नमिल्ले भएकाले कोरोनाकै समयमा आयोजना हस्तान्तरण गरेको कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्