सीडीइएनद्वारा आविष्कार केन्द्रलाई सहयोग «

सीडीइएनद्वारा आविष्कार केन्द्रलाई सहयोग

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सीडीइएन)ले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । सीडीइएनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आविष्कार केन्द्रलाई १ लाख १ हजार १०१ रूपैयाँ सहयोग गरेको हो । सीडीइएनका अध्यक्ष उमेशप्रसाद थानीले महाविर पुनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
केन्द्रले अक्सिजन उत्पादक कम्पनीमा आइपरेका प्राविधिक समस्या समाधान गर्ने काम गरिरहेको छ ।’ कोभिड–१९ सँग लड्न आवश्यक पूर्वाधार विकास गर्न केन्द्रलाई सहयोग गरिएको सीडीइएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्