सिटिजन्स बैंकको सूचना अधिकारी र प्रवक्ता हेरफेर «

सिटिजन्स बैंकको सूचना अधिकारी र प्रवक्ता हेरफेर

citi

सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारी नियुक्त भएका छन् ।
२२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठले स्थापनाकाल देखिनै बैंकमा आवद्ध थिए । भारतको पुणेस्थित सिम्बायोसिस इस्टिच्युट अफ बिजनेस मेनेजमेन्टबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा काम गरेको अनुभव छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथै कम्पनी सचिवको रूपमा कार्यरत छन् ।
यस्तै प्रवक्तामा नियुक्त भएका अधिकारीसँग बैंकिङ क्षेत्रमा करिव १७ वर्षको बैंकिङ अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा दक्षता राख्छन् । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी सम्हालिसकेका छन् । प्रवक्ताको जिम्मेवारीमा रहेका उमंग शर्माले राजीनामा दिएसँगैं बैंकले उक्त जिम्मेवारी हेरफेर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्