डेभलपमेन्ट बैंकले सीमित कर्मचारीमार्फत सेवा दिने «

डेभलपमेन्ट बैंकले सीमित कर्मचारीमार्फत सेवा दिने

डेभलपमेन्ट बैंकर्स एशोसिएसनले बैंकिङ समय घटाउने निर्णय गरेको छ । संघले सूचना जारी गर्दै ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र सम्भव भएसम्मका अझ थप उपायहरु अवलम्बन गर्ने निर्णय गरेको जनाएको हो ।
प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फ्रम होमको माध्यमबाट कार्य गराउन एशोसिएसनले निर्णय गरेको छ । सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने बताइएको छ ।
ग्राहकहरुले सम्पर्क व्यक्तिमार्फत गरेका अनुरोध र सुझावलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रहेर हल गर्ने र सम्भव भएसम्म डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोबार गर्न आफ्ना ग्राहकहरुलाई उपलब्ध र सम्भव भएसम्मका सञ्चारमाध्यमबाट अनुरोध गर्ने एशोसिएसनले जनाएको छ । आफ्ना ग्राहकहरुलाई परिस्थिति केही सहज नभएसम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्