नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सार्वजनिक «

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सावधिक जीवन बिमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बिमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । १८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बिमा गर्न सकिने नौलो सुरक्षित जीवन बिमा योजनामा आम्दानीको आधारमा अधिकतम बिमाङ्क छनोट गर्न सकिने कम्पनीले विज्ञप्तीमा जनाएको छ ।
यस बिमा योजना अन्तर्गगत बिमितले बिमालेख चालु रही बिमा अवधि समाप्ति मितिसम्म बिमित जीवित रहेमा ‘बिमालेखमा उल्लेख भएको बिमाङ्क रकम र आर्जित बोनश’ बिमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ । त्यसैगरी, बिमालेख चालु रही बिमा अवधि भित्र जुनसुकै कारणबाट (बिमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा ‘बिमाङ्क रकम र आर्जित बोनश’ एकमुष्ट प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।
यस नौलो सुरक्षित जीवन बिमा योजना अन्तर्गत वार्षिक रुपमा बिमाशुल्क भुक्तान गर्दा कम्पनीले एक प्रतिशतसम्म छुट प्रदान गर्नेछ । बीमितको आवश्यकता तथा सुविधालाई मध्यनजर गर्दै यस बिमा योजनामा ३ वर्षको बिमाशुल्क भुक्तान गरी ३ वर्ष पूरा भइसकेपछि समर्पण मूल्य प्राप्त हुने तथा बिमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म ऋण सुविधा लिन सकिनेछ ।
समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्