एनएमबि बैंकको अनलाइनबाटै केवाइसी विवरण अपडेट गर्ने सुविधा «

एनएमबि बैंकको अनलाइनबाटै केवाइसी विवरण अपडेट गर्ने सुविधा

एनएमबि बैंकले अनलाइनबाटै केवाइसी विवरण अपडेट गर्न सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्ममार्फत अनलाइन नयााँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।
अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु नपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरूरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकमा नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्छन्,” बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्