‘रियलमी सी ११–२०२१’ सार्वजनिक
रियलमीको ‘रियलमी सी ११ २०२१’ सार्वजनिक गरिएको छ । यो इन्ट्री लेभल स्मार्टफोन अन्तर्गत पर्छ । यसमा टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्येनजर गरी डिजाइन गरिएको कम्पनीले दावी गरेको छ । फोनमा ५ सय एमएचको ब्याट्री दिएको छ । जसले दिनभर अत्याधिक उपयोग गर्दा समेत लामो समय सम्मका लागि टिकाउ राख्छ ।
रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांक अनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्ने कम्पनीको भनाइ छ । यसैगरी नचलाई राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ । मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउँदा समेत अधिकतम ब्याट्री बचत गर्दछ ।
त्यसैले ब्याट्रीमा चार्ज कम भएको छ तर तपाईं चार्ज गर्ने अवस्थामा हुनुहुन्न भने पनि तनाव लिन पर्दैन, सुपर पावर मोड अन गरे पुग्छ । सफ्टवेयर अप्टिमाइजेशन विशेषताहरु जस्तै एप क्वीक फ्रिजले ब्याकग्राउण्डका सुस्त एपमा खपत हुने पावर घटाउने, स्क्रिन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कम गरी फोनको स्थिरता बढाउँछ ।
कम्पनीले यसमा ६.५ इन्चको डिस्प्ले दिएको छ । यो फुल मिनीड्रप स्क्रिन हो, जसले सामाजिक सञ्जाल चलाउँदा, गेम खेल्दा र भिडियो हेर्दा भर्चुअल दुनियाँको गहिरो आनन्द दिने कम्पनीको दाबी छ । ४ जिबी ¥याम र २५६ जिबीसम्मको माइक्रोएसडी कार्ड राख्न सकिने ३२ जिबी स्टोरेज छ । एन्ड्रोइड ११ मा आधारित रियलमी युआई संस्करणको यस फोनले उपभोक्तालाई अधिक आनन्द र सहज उपयोगको अनुभूति दिन्छ ।
यसमा एलइडी फ्ल्यासका साथ ८ एमपी पछाडिको क्यामरा र मिनी ड्रप नोचमा ५ एमपी सेल्फी क्यामरा दिइएको छ । फोनमा वाइफाइ, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, बढाउन योग्य स्टोरेज र सुविधाजन्य तीनवटा कार्डस्लट लगायत सबै आधारभूत विशेषता छ । कम्पनीका अनुसार यो निलो र खैरो दुई रङ्गमा उपलब्ध छ । यसको मूल्य १२ हजार ९ सय ९० रूपैयाँ छ ।