सूर्य नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग «

सूर्य नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

सूर्य नेपाल प्रालिले काठमाडौंका ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामति कर्मचारी अस्पताललाई विभिन्न सामग्री हस्तान्तरण गरेको हो । यी स्वास्थ्य सामग्रीहरु सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरुलाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
कोरोनाको महामारी जारी रहेकाले स्वास्थ्य प्रणालीमा पारेको दवाव न्यूनिकरण गर्न संक्टको घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको कम्पनीले जनाएको छ । संकटको घडिमा कम्पनीले अन्य विभिन्न क्रियाकलापहरु समेत सञ्चालन गर्ने बताइएको छ । कम्पनीले यसअघि पनि सातै प्रदेशमा रहेका कोभिड १९ उपचार तथा नियन्त्रण कोषमा एक एक करोड रूपैयाँ जम्मा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्