सिद्धार्थ बैंकको ‘सिद्धार्थ अक्सिजन लोन’ सुविधा «

सिद्धार्थ बैंकको ‘सिद्धार्थ अक्सिजन लोन’ सुविधा

सिद्धार्थ बैंकले कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि उनीहरुको उपचारमा सहज गराउन नयाँ सुधिा ल्याएको छ । बैंकले संक्रमितहरुको संख्या अत्याधिक वृद्धि भएसँगै अस्पताल तथा नर्सिङ्ग होमहरुमा देखा परेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता बिस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ्ग होमहरुलाई लक्षित गरी सिद्धार्थ अक्सिजन लोनको सुविधा ल्याएको जनाएको हो ।
यसरी प्रदान गरिएको कर्जामा नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेमा सोही अनुसार सुविधाको व्यवस्था गरिने समेत बैंकले जानकारी दिएको छ । सीमित अवधिका लागि ल्याइएको कर्जा सुविधाले हाल देशमा भइरहेको अक्सिजनको अभाव मेटाउन मद्दत पु¥याउँदै कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने अपेक्षा लिएको बैंकले जनाएको छ । बैंकले यअघि कोरोना महामारी नियन्त्रणका लागि १ करोड ४ लाख प्रदेश तथा स्थानीय सरकारलाई प्रदान समेत गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्