श्रीलंका–नेपाल पर्यटन प्रवद्र्धन छलफल «

श्रीलंका–नेपाल पर्यटन प्रवद्र्धन छलफल

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले बिहीबार टान सचिवालयमा श्रीलंका–नेपाल पर्यटन प्रबद्र्धन छलफल कार्यकमको आयोजना गरेको छ ।
उक्त अवसरमा टानका अध्यक्ष नवराज दाहालले नेपाल र श्रीलंकाबीचको लामो समयसम्म रहँदै आएको द्विपक्षीय सम्बन्धलाई झल्काउँदै संस्कृति, धर्म र प्राकृतिक विविधताको सन्दर्भमा थुप्रै सामानता रहेको व्यक्त गरे । उनले दुई देशबीच पर्यटन सम्बन्धलाई बढावा दिन नीति र कार्य योजनाको पहिचान गर्न यस छलफल कार्यक्रममा जोड पनि दिए । आगामि दिनहरूमा नेपाली ट्रेकिङ अपरेटरहरूले श्रीलंकाको पर्यटकीय गन्तव्यहरूका बारेमा जानकारी प्राप्त गरी उपयुक्त प्याकेज बनाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा नेपालका लागी श्रीलंका राजदूत शोर्ना परेराले श्रीलंकाका बारेमा एक प्रस्तुति दिइन् । श्रीलंकाको आकर्षणहरू जस्तै मनमोहक पहाड, घना जंगलहरू, टैंक जस्तो महासागर र झरनाहरूको वर्णन गर्दे उनले श्रीलंकाको इतिहास, विरासत स्थलहरू, आकर्षित र फरक–फरक संस्कृति तथा वन्यजीव, मन्दिर, परम्परागत नृत्य, हस्तशिल्प, ऐतिहासिक कथाहरूको विशेषता देखाइन् ।
नेपाल र श्रीलंकाबीच धार्मिक र सांस्कृतिक समानताको सम्बन्धमा पनि उनले बताइन्, “श्रीलंकाका ७४ ५ नागरिहरूले लुम्बिनी, गौतम बुद्धको जन्मस्थान भ्रमण गर्न आउँछन् साथै नेपाली नागरिकहरूले बौद्ध धर्म सिक्नका लागि श्रीलंका भ्रमण गर्छन् ।”
यस्तै, उनले श्रीलंका–नेपाल टुर साथै ट्रेकिङका लागि नयाँ प्याकेजहरू प्रस्तुत गर्न सुझाव पनि दिइन् ।
टानका महासचिव आङ पेम्बा शेर्पाले यस छलफल कार्यक्रमले निकट भविष्यमा श्रीलंकाको समुद्रसँग नेपालको हिमाल मिलेर उपयुक्त प्याकेजहरू विकास गर्नसक्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्