सांसदहरूलाई खोपको दोस्रो डोज «

सांसदहरूलाई खोपको दोस्रो डोज

सभामुख अग्निप्रसाद सापकोटाले कोभिडसिल्ड खोपको दोस्रो मात्रा लगाए ।
संघीय संसद भवन नयाँ बानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिडसिल्डको दोस्रो डोज लगाएका हुन् । संसद सचिवालयले नयाँबानेश्वरस्थिति संघीय संसद भवनको लोत्से हलमा आज शुक्रबार, सनिबार र आइतबारका लागि खोपको दोस्रो डोज लगाउने व्यवस्था मिलाएको हो । शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षलगायत दुवै सदनका सांसदहरू, पदाधिकारीहरूका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।
लोत्सेहलमा भएको खोप कार्यक्रममा सांसदहरू, पदाधिकारीहरूका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मीलगायतले कोभिडसिल्डको दोस्रो खोप लगाएका छन् । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने सचिवालयले जनाएको छ । त्यसैगरी भोलि शनिबार संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरू, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नयाँबानेश्वरमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई र आइतबार स्वकीय सचिवलगायतका सबै कर्मचारीहरू, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरूलाई खोप को दोस्रो डोज लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्