ओमानमा रहेका नेपालीद्वारा ५६० अक्सिजन सिलिन्डर सहयोग «

ओमानमा रहेका नेपालीद्वारा ५६० अक्सिजन सिलिन्डर सहयोग


गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयोजनमा मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट प्राप्त ५ सय ६० वटा अक्सिजन सिलिन्डर पठाइएको छ । आइतबार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक रुपमा हस्तान्तरण गरिने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ । सो सिलिन्डर स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपाल सरकारलाई हस्तान्तरण गरिन लागिएको हो । ओमानमा रहेको नेपाली दूतावास त्यहाँ रहका नेपालीको ७५ लाख रुपैयाँ आर्थिक तथा अन्य संस्थाको भौतिक तथा प्राविधिक सहयोग गरेका थिए ।
नेपालमा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्रीको अभाव हुन थालेपछि एनआरएनएले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको थियो । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षताम अघिल्लो शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरस विरुद्ध लड्दै गरेका विरामीहरुका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको थियो ।
संघका उपाध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितीसँग जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले संघको सक्रियतमा टेलिमेडिसिन संचालन भैरहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्प डेस्कको आवश्यकता रहेको बताए । गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्