‘एसियामा १० लाख’ मैदान बाहिर प्रभावको लक्ष्य नजिक विश्व रग्बी «

‘एसियामा १० लाख’ मैदान बाहिर प्रभावको लक्ष्य नजिक विश्व रग्बी

विश्व रग्बिको ‘प्रोजेक्ट एसिया १० लाख’ लक्ष्यको मुख्य अंगका रूपमा रग्बि विश्वकप–२०१९ मैदान बाहिर प्रभाव नामक कार्यक्रम यही शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको थियो । जसमा २,५०० मानिसले सहभागिता जनाएका थिए ।
उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको उक्त कार्यक्रममा सबै तप्काका मानिसहरूको सहभागिता थियो जहाँ धेरैजनाले पहिलोपटक रग्बिलाई छोएको बताएका थिए ।
नेपाल रग्बीले तल्लो तहसम्म यस खेलको विकासका लागि कार्य गरिरहेको छ । सांगीतिक कार्यक्रम माझ प्रदर्शन गरिएको वेब एलिस कपलाई दर्शकहरूले नजिकबाट अवलोकन गर्ने मौकासमेत पाएका थिए ।
ट्रफी टुरको लक्ष्य नै खेल मैदान बाहिर पनि प्रभाव छोड्नु हो, जसका कारण यो खेलको विकासमा सहयोग पुग्ने छ । प्रोजेक्ट एसिया वान मिलियन, मैदान बाहिर प्रभावको एक अंग हो, जसको लक्ष्य एशियामा २०२० सम्ममा १० लाख नयाँलाई रग्बीमा सहभागिता गराउने छ । एसियाभर गरेर अहिले नै ९ लाख मानिसको सहभागिता भइसकेको छ ।
वेब एलिसकप पहिलोपटक नेपाल ल्याइएको थियो र यसलाई समुद्र सतहभन्दा धेरै माथि (५५०० मी) कालापत्थर पु¥याइएको थियो । ट्रफीलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त, वर्ष खेलाडी रहिसकेका, बेलायतका पूर्व रग्बि खेलाडी ओले फिलिप्सले उक्त उचाइमा लिएर पुगेका थिए ।
काठमाडौंमा छँदा ट्रफीलाई नेपालका लागि जापानका राजदूत मासामिची साइगोले पनि स्वागत गरेका थिए । उनले ट्रफीको सम्मानमा विशेष भोजको समेत आयोजना गरेका थिए । जसमा २०१५ को विश्वकप आयोजकका तर्फबाट प्रतिनिधित्व गर्दै बेलायती राजदूत रिचर्ड मोरिस सहभागी थिए ।
ट्रफीलाई काठमाडौंको स्वयम्भूनाथ मन्दिर, बौद्धनाथ र पशुपतिनाथका साथै पाटन दरबार क्षेत्र पनि पु¥याइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्