सिंजामा इन्टरनेट पु-याउन ५ करोड खर्च «

सिंजामा इन्टरनेट पु-याउन ५ करोड खर्च

जुम्ला-सिंजा क्षेत्रमा बल्ल इन्टरनेट तथा टेलिफाने सेवा सुचारु भएको छ । पाँच ‘स’लाई प्राथमिकता दिने जनप्रतिनिधिको बाचाअनुसार बल्ल, सिंजा क्षेत्रका नागरिक सञ्चारको पहुँचमा पुगेको स्थानीय शिक्षक जंगबहादुर बूढाले बताए ।
विराट राजाको दबरबार, पाँच भाइ पाण्डव, कनकासुन्दरीलगायत सिंजा सभ्यता झल्काउने सम्पदाहरूको प्रचार–प्रचारमा राहात भएको उल्लेख गरे । पहिले फोन गर्दा, अग्ला डाँडाँपाखामा टावर खोज्दै धाउनुपर्ने दिन गएपछि स्थानीय सिंहदरबार घरमा आएको अनुभूति भएको स्थानीय महिला, जडेनी शाहीले बताइन् । उनका श्रीमान् भारतमा काम गर्छन्, जहिले फोन गर्दा, कुरै बुझिदै थियो । उनले थपिन, तर टेलिफोन सेवा विस्तार भएपछि घरभित्रै बसेर कुराकानी गर्न पाएको उल्लेख गरिन् ।
भौगोलिक विकटताका कारण हिसाबले सिंजा क्षेत्र विकट मानिन्छ जसका कारण पहिले टेलिकमको सेवा सुचारु हुन सकेन । तर, स्थानीय सरकार आएपछि जनताको समस्या र मागलाई मध्यनजर गर्दै, गाउँपालिकाले ५ करोड रकम लगानी गरि इन्टरनेट तथा टेलिफाने सेवा विस्तार गरेको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।
उनका अनुसार सिंजा क्षेत्र, पर्यटन गन्तव्यको सूचीमा परेपछि हामी सबेको ध्यान केन्द्रित भएको छ । पर्यटन गन्तव्य जस्तो क्षेत्रमा राम्रो टेलिफोन र इन्टरनेट सञ्चालन गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गरे ।
एकातर्फ चुनावी बाचा पुरा, अर्कोतर्फ, जनतालाई राहात र प्रविधिसँग चलायमान हुन गाउँपालिकानले ५ करोड सञ्चारमा लगानी गरी पूर्णता पाएको दाबी गरे । लामो समयदेखि सूचना र सञ्चार प्राप्तिका लागि तीव्र प्रतिक्षामा रहेका सिंजावासीको प्रतीक्षाका पूरा भएको उनको भनाइ छ । झन्डै ३० हजार जनसंख्या रहेको सिंजा क्षेत्रमा टुजीसहितको इन्टरनेट तथा टेलिफोन सञ्चालन भएपछि सबै प्रविधिसँग नजिक भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्