चीनले स्थगित ग-यो सगरमाथा आरोहण «

चीनले स्थगित ग-यो सगरमाथा आरोहण


छिमेकी चीनले कोरोना संक्रमण फैलन सक्ने भन्दै आफ्नो तर्फबाट हुने सगरमाथा आरोहण स्थगित गरेको छ ।
नेपाल सरकारले कोरोना नभएको बताए पनि चीन सरकारले भने उत्तरी मोहडाबाट हुने आरोहण रोकेको हो । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको र आधार शिविरमा पनि कोरोना देखिएको भन्दै चीनले आरोहण अनिश्चितकालको लागि स्थगन गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ ।
शुक्रबार आरोहण स्थगित भएको सूचना जारी गरेको सिन्ह्वाले जनाएको छ ।
नेपालमा गत वर्ष कोरोनाका कारण चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि
सगरमाथा आरोहण हुन सकेन । तर यस वर्ष नेपालले ४ सय ८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको छ । नेपाल सरकारले विज्ञप्ति जारी गर्दै सगरमाथा बेस क्याम्पमा कोरोना नरहेको जनाएको थियो । तर विदेशी समाचार माध्यमले भने सगरमाथा आधार शिविरमा कोरोना संक्रमण फैलिएको समाचार दिइरहेका छन् । यसैबीच नेपालतर्फबाट बिहीबारसम्ममा १ सय ७० जनाले सगरमाथा आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्