विज्ञापन संघमा रवीन्द्र रिजाल सर्वसम्मत

नेपाल विज्ञापन संघको १८ औं वार्षिक साधारणसभा बिहीबार हुने भएको छ । संघको साधारणसभाबाट आगामी ३ वर्षका लागि नयाँ कार्यसमितिको चयन पनि हुनेछ । जसका लागि अध्यक्ष पदमा रवीन्द्रकुमार रिजाल निर्विरोध निर्वाचित हुने भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्ष पदमा नारायण कुमार श्रेष्ठ, द्वितिय उपाध्यक्ष पदमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिव पदमा राजु कुइँकेल, सहकोषाध्यक्ष पदमा पंकज प्रधान र ६ जना कार्यसमिति सदस्यहरुमा रोशन प्रसाई, रमेश पुरी, विशालपुरुष ढकाल, अरुणकाजी स्थापित, किरण गैरे र सन्तोष खड्का सर्वसम्मत भइसकेका छन् भने कोषाध्यक्ष पदमा पिताम्बर पोखरेल (विजय) र यमुना पौडेल (प्रतिमा)साथै सचिव पदमा कृष्ण प्रसाद घिमिरे र शालिक राम घिमिरेबीच प्रतिस्पर्धा हुने संघले जनाएको छ । नयाँ कार्यसमिति चयन भएपश्चात् नेपाल विज्ञापन संघले नवीनतम कार्यदिशा अवलम्बन गर्दै विज्ञापन व्यवसायलाई अझ मर्यादित उद्योगको रुपमा स्थापित गर्नुपर्ने दायित्व रहने जनाएको छ ।