Logo

महानगरले ३२ वटै वडामा खोप केन्द्र राख्ने

काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ ।
पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरू व्यवस्थित नहुँदा सर्वसाधारणको भीड अत्यधिक भएको र खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोस्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो । सबै वडामा खोप केन्द्र स्थापना हुने भएपछि भीडभाड कम हुनुका साथै जनस्वास्थ्यका मापदण्ड पालना तथा कार्यान्वयनमा पनि सहज हुने र सर्वसाधारण नागरिकले पनि खोप लगाउनकै लागि हिँडेर टाढा जान नपर्ने भएको छ । काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरिबहादुर कुँवरले जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णयअनुसार भेरोसेलको दोस्रो डोज लगाउने कामका लागि महानगरका सबै वडामा खोप केन्द्र स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार महानगरले २०७७ चैत २५ गतेदेखि २०७८ वैशाख १५ गतेसम्म १८ वर्षदेखि ५९ वर्ष भित्रकाले लगाएको भेरोसेल खोपको दोस्रो डोजका जेठ २ गतेदेखि काठमाडांैको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो । काठमाडांै महानगरपालिकाभित्र भेरोसेल खोपको पहिलो डोज लगाएका १ लाख २५ हजार भए पनि टोखा र बूढानिलकण्ठ नगरपालिकाको पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गरी १ लाख ५० हजारलाई लगाउने गरी तयारी गरिएको उनले जानकारी दिए ।
उनले भने, “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८ वैशाख २२ गतेको निर्णयअनुसार काठमाडौंमा २०७७ चैत २५ गतेदेखि २०७८ वैशाख १५ गतेसम्म १८ वर्षदेखि ५९ वर्षभित्रकाले लगाएको भेरोसेल खोपको दोस्रो डोजका लागि २०७८ जेठ २ गतेदेखि काठमाडांैको ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेका छांै । जनस्वास्थ्यका मापदण्ड पूरा गरेर दोस्रो डोजको खोप सञ्चालनका लागि तयारी भइरहेको छ । काठमाडांै महानगरपालिकाभित्र १ लाख २५ हजार जतिको तथ्यांक आएको छ । टोखा र बूढानिलकण्ठको पनि गरेर १ लाख ५० हजारलाई लगाउने गरी तयारी गरिएको छ । हामी आएकालाई फर्काउँदैनौ । सबैलाई लगाइदिन्छौ ।”
काठमाडांै उपत्यकाका तीन जिल्लाका १ लाख ५९ हजार जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्