स्थानीयद्वारा संक्रमितको दाहसंस्कार गर्न पटक–पटक अवरोध «

स्थानीयद्वारा संक्रमितको दाहसंस्कार गर्न पटक–पटक अवरोध

सुनसरीस्थित धरान–१४ को खत्रीधारामा खानेपानीको मुहान र बाक्लो मानव बस्ती भएकाले कोरोना सङ्क्रमितभएर मृत्यु भएकाको दाहसंस्कार गर्न स्थानीयले पटक–पटक अवरुद्ध गरेका छन् ।

धरान–१४ र १५ को सङ्गम स्थलमा रहेको खत्रीधारा दाहसंस्कार स्थलमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाहसंस्कार गरिएकोमा स्थानीय बासिन्दाहरूले आपत्ति जनाएका हुन् । धरान उपमहानगरको शव व्यवस्थापन समितिले खत्रीधारा, हरियाली र लाङघालीमा कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि परिवारहरूले धार्मिक परम्परा अनुसार शव जलाउनवा गाड्न पाउने जनाएको थियो ।

गत बिहीबार खत्रीबम खानेपानी संस्थाकाकर्मचारी र झिँगु समाजका कर्मचारी सन्दीप थापा र कर्ण खड्कालाई जानकारी नदिइकन धरान–३ की एक महिलाकोरोना सङ्क्रमणबाट मृत्यु भएपछि आफन्तले खत्रीधारामा अन्तिम दाहसंस्कार गराएका थिए । कोरोना सङ्क्रमित महिलाको शव जलाएर दाहसंस्कार गरेको कुरा थाहापाए पछि स्थानीय बासिन्दाहरूले आपत्ति जनाएर आन्दोलित भएका हुनभने कर्मचारी थापा र कर्णलाई पीपीई नलगाईकन दाहसंस्कार गरेर सबैतिर घुलमिल भएकाले उनीहरूको पीसीआर परीक्षण गर्न पनिमाग गरेका थिए ।

शनिबार साँझ धरान–१६ का एक संक्रतिको शवल्याएर जलाउने भएपछि स्थानीयले दाहसंस्कारमा अवरोध गरेका छन् । खत्रीधारामा दाहसंस्कार गर्न स्थानीयले नदिएपछि शवको चारकोशे जङ्गलमा दाहसंस्कार गरिएको थियो । धरान–३ का एक मृतकको पनिदाह संस्कार गर्ने स्थानीयले दिएका थिएनन् ।

स्थानीयहरूलाई असर गर्ने तथा शव त्यहाँ ल्याउँदा स्थानीयलाई सङ्क्रमणको त्रास हुने पर्वत राईले बताएका छन् । उनले खानेपानीको पनि मुहान खत्रीधारामा भएकाले मानिसको बसोबास नभएको जङ्गल क्षेत्रतिर शवको दाह संस्कार गराउन माग गरेका छन् । मृतक सङ्क्रमितबाट भाइरस सर्ने डर नहुने धरान स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता बताउँछन् । जब सङ्क्रमितको मृत्यु हुन्छ भाइरस पनि निष्क्रिय हुने भएकाले ९० प्रतिशत भाइरस नसर्ने उनले दाबी गरे ।

धरानका मेयर तिलक राईले सबै सङ्घ संस्था र उपभोक्ता समितिले हस्ताक्षर गरेर सहमतीकाआधारमा सङ्क्रमितको लागिदाह संस्कार स्थलतोकेको बताए । पटक पटक स्थानीयले दाह संस्कारमाअवरोध गरे पछि आज (बिहीबार ) धरान उपमहानगरका प्रमुखतिलक राईको अध्यक्षतामा बसेको सर्वदलीय छलफलले धरान–१५ का वडाध्यक्ष नरेश इङ्वारामको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ ।

छलफलमा नगर प्रमुख राईले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न वैकल्पिक स्थानको टुङ्गो नलागेसम्म स्वास्थ्य प्रोटोकल अपनाएर खत्रीधारामै दाहसंस्कार गर्न दिन स्थानीयवासीलाई आग्रह गरेका थिए । नगर प्रमुख राईका अनुसार शव व्यवस्थापन गर्दा १० देखि १५ जनासम्ममात्र स्वास्थ्य मापदण्ड अपनाएर मलामीजान पाउने छन् ।

स्थानीयवासीहरूको मागलाई समेत ध्यानमा राखेर वैकल्पिक स्थानको खोजी गर्ने र सो स्थानको खोजी गर्न धरान–१५ का वडाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए ।

सञ्जित धमला

प्रतिक्रिया दिनुहोस्