आईसियु र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमित बढे «

आईसियु र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमित बढे


कोरोना संक्रमितको लागि अक्सिजन अभाव भइरहेको बेला बिगत एक हप्ता यता आईसियु र भेन्टिलेटरको सहयोगमा उपचार गराउनुपर्ने बिरामीको संख्या समेत दोब्बरले वृद्धि हुन थालेको छ ।
एक हप्तामा संक्रमितको दर बढ्दै गइरहेका कारण जटिल स्वास्थ्य समस्या भएका बिरामीको दर बढेको हो । आईसियु र भेन्टिलेटरको सहयोगमा उपचार गराउनुपर्ने बिरामीको संख्या बढ्दै जानु र पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुन नसक्दा मृत्युदर समेत बढेर २ प्रतिशत पुगेको छ । यो २ प्रतिशत मृत्यु प्रत्येक दिन हुने संक्रमण र मृत्यु संख्याका आधार देखिएको दर हो । अर्थात एक दिनमा हाल औषत ९ हजार १०० संक्रमित हँुदा मृत्यु हुनेको संख्या २०० भन्दा बढी हुने गरेको छ । यो अवधिमा निको हुने संक्रमितको संख्या भने दोब्बरले बढेको छ । एक हप्ताअघि दैनिक २ हजार ६ सय निको हुने गरेकोमा सो संख्या हाल ५ हजार ६ भन्दा बढी रहेको छ । मृत्युदर २ प्रतिशतको हाराहारीमा रहेका कारण निको हुने दर स्वतः बढ्दै जाने देखिन्छ ।
बुधबारको संक्रमितको संख्यामा आधारमा मृत्युदर १.८ प्रतिशत अर्थात १६८ रहेकोमा बिहिबार सो संख्या सोही दिनको संक्रमितको संख्याका आधारमा २.३८ प्रतिशतले बृद्धि भएर मृत्यु हुनेको संख्या २१४ पुगेको छ । बिहिबार २० हजार २४५ जनाको पिसिआर परिक्षण गर्दा ४४.२५ प्रतिशत अर्थात ८ हजार ९६० जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरप्रसाद अधिकारीले जनकारी दिए ।
बिहिबार हालसम्मकै संक्रमित संख्याका आधारमा सबै भन्दा बढी ५६ प्रतिशत अर्थात ५ हजार ५५ निको निको भएका छन् । बिहिबार १ हजार ३८१ संक्रमित आईसियू र ३८० भेन्टिलेटरमा उपचार गरिरहेका छन् । बिगत एक हप्ता यता ३० देखि ५० वर्ष उमेर समूहमा संक्रमण देखिएपनि उच्च मृत्युदर भने ६० वर्ष भन्दा बढी उमेर समूहमा रहेको पाईएको छ ।

कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर स्वास्थ्य सेवा तहसनहस भइसक्दा समेत सरकार राजनीतिक झगडा र आन्तरिक कलहमा अल्झिएकोमा अन्तरराष्ट्रिय समुदाय समेतले आलोचना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय संचार माध्यमलाई नेपालमा कोरोना संक्रमण नियन्त्रणमा नै रहेको जनाएको एक हप्ता भित्रै अर्को अन्तरराष्ट्रि«य मानब अधिकारबादी संस्थाले सरकारलाई अहिले देशमा चुलिँदो कारोना संक्रमणई संम्बोधन गर्नका लागि एकता र नेतृत्व लिन सुझाब दिएको छ । एम्नेस्टी इन्टरनेसनलले बिहिबार बिज्ञप्ती जारी गर्दै नेपाल सहित दक्षिण एशियामा कोरोना संक्रमणको गहिरो संकटमा फसेको जनाएउदै नेपाललाई राजनिती खिचातानी भन्दा संक्रमण नियन्त्रण र उपचारमा लाग्न सुझाब दिएको छ ।
एम्नेस्टी इन्टरनेसनलकी दक्षिण एशियाली निर्देशक यमिनी मिश्रले अक्सिजन, अस्पतालमा शैयाहरू, मानव संशाधन र औषधीहरूको अभावले भारतको स्वास्थ्य सेवालाई नाजुक अवस्थामा पुर्याइदिएको उदाहरण दिँदै अब नेपालमा यस्तै चिन्ताजनक अवस्था देखापर्ने अवस्था आउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्