Logo

७ सय बढी संक्रमित

पौडेलसहित देशभर कोरोनाबाट १२ पत्रकारको निधन


पत्रकार गणेश पौडेलको कोरोनाका कारण उपचारकै क्रममा निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत ४२ वर्षीय पत्रकार पौडेलको बिहीबार बिहान करिब ५ः३० बजे गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।
उनको यही २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको सघन उपचार कक्ष( आईसीयू) उपचार भइरहेको थियो । करिब डेढ दशकदेखि उनले क्यामेरामेनको रूपमा (पर्दा पछाडिको हिरो) को रूपमा काम गर्दै आएका थिए । उनको आजै नै अन्त्येष्टि गरिँदै छ । नेपाली सेनाले उनको शव व्यवस्थापन गरेको हो । उनका एक श्रीमती दुई छोरा रहेका छन् ।
यसैबीच, पत्रकार पौडेलले यही वैशाख १३ गते बिहान ५ः२५ बजे आफ्नो फेसबुक स्टाटसमा कोरोनाबाट सचेत रहन आह्वानसमेत गरेका थिए । हामीलाई कोभिड–१९ भ्याक्सिन सहयोग दिने देशको अवस्था यस्तो छ अनि हामीले भ्याक्सिन लगायौ भन्दै आफूले आफैंलाई बढो सुरक्षित सोचेका छौ भने यता पनि अलिकति सोचै त अब बेला सचेत हुने आयको छ भनेर हिदृय विदारक अबस्थामा शवहरू तितरवितर र जलाउनै गरेको फोटो समेत उनले पोष्ट गरेका थिए ।
बिहीबार बिहानैदेखि पत्रकार र उनका शुभेच्छुकहरूले उहाँ प्रतिभावपूर्ण श्रद्धान्जली र परिवारजनमा समवेदन दिनेहरूले गर्दा सामाजिक संजाल (फेसबुक) मा धेरैले पोष्ट गरेको देखिन्छ । पत्रकार पौडेससहित नेपालमा कोरोनाबाट हालसम्म ९ जनाको निधन भएको छ ।
यसैगरी रौतहटको गौरबाट सञ्चालित रेड टेलिभिजनकी अध्यक्ष तथा सञ्चारकर्मी रामादेवी यादवको पनि कारोना संक्रमणकै कारण २९ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण भई गौर अस्पतालमा उपचारत यादवको वैशाख २८ गते उपचारको क्रममा निधन भएको हो । स्वर्गीय यादवका श्रीमान् र चार छोरी छन् । कास्कीमा ५ सहित हाल देश भर ७ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएको नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञेप्तिमा उल्लेख गरिएको छ ।
अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको महासंघले जारी गरेको विज्ञेप्तिमा उल्लेख गरिएको छ । पत्रकार पौडेल र सञ्चारकर्मी यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै महासंघले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्तसमेत गरेको छ ।
कोरोनाकै कारण हालसम्म १२ जना पत्रकारको निधन भएको महासंघले जनाएको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्