Logo

कोरोना कहरःजुम्लाका तीन गाउँपालिका सिल

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि जुम्लाका ८ सथानीयतह मध्य तीन गाउँपालिका सिल गरिएको छ । अत्याआबश्यक सेवा बाहेक सबै प्रशासनिक सेवा पूर्ण बन्द हुने गरी जुम्लाका तातोपानी, गुठीचौर र कनकासुन्दरी गाउँपालिका सिल गरिएको हो । जसमा तातोपानी गाउँपालिकाका एकजना वडा सचिवलाई संक्रमण देखिएपछि वैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म सिल गरिएको अध्यक्ष नवराज न्यौपानले बताए ।
आर्थिक वर्षको अन्त्य तिर भएकोले योजनाका भुक्तानीदेखि बजेट निर्माण प्रक्रिया थाल्नुपर्ने भए पनि कोरोनाले समस्या गरेको तातोपानीका लेखाअधिकृत मिलन बुढ्थापाले उल्लेख गरे ।
अवस्था सामान्य भएपछि स्वास्थ्य मापदण्ड पालना गरी योजनाको बजेट भुक्तानी, बाँकी रहेका कार्यक्रम सञ्चालन र नयाँ बजेटको निर्माण कार्यलाई अघि बढाइन लेखा अधिकृत बुढ्थापाको भनाइ छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाका २९ जनामा कोरोना संक्रमण देखिएको छ । १ सय ९५ जनामा एन्टीजेन परिक्षण गरिएकोमा पालिकाका कर्मचारीसहित २९ जनामा संक्रमण पृष्टी भएपछि वैशाख ३० देखि जेठ ४ गतेसम्म पालिका सिल गरिएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले जानकारी दिए ।
पालिकाका आइसोलेसन तथा कोभिड अस्पतालमा अक्सिजन ग्यास र एमबीबीएस डाक्टर नहुँदा सञ्चालन ल्याउन मुस्किल भएको संक्रमितलाई होम आइसोलेसनमा पठाउन बाध्य भएको बताए । तर, चाँडै आइसोलेसन संचालनमा ल्याउने तयारी भइरहेको छ ।
भने, उता गुठिचौर गाउँपालिकामा पनि एकजना कर्मचारीलाई कोरोना देखिएपछि एकसाता सम्मका लागि गाउँपालिकाका सबै प्रशासनिक सेवा बन्द गरिएको अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।
दोस्रो लहरको संक्रमणबाट जिल्लाकै पहिलो संक्रमित भएको गठिचौर गाउँपालिकाले स्थिति सामान्य नहुन्जेल अत्याआवश्यक सेवा बाहेक सबै प्रशासनिक सेवा अकोए सूचना नभए सम्मका लागि बन्द गरिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
जुम्लामा अहिलेसम्म १ सय ९९ जना संक्रमित भएका छन् । तीमध्ये २६ जना लाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा अक्सिजन दिएर उपचार थालिएको छ । १७ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् । १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा बसेका छन् । होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने उपाय थाहा नभएकै कारण संक्रमितको लापरबाहिका कारण गाउँगाउँमा संक्रमण फैलिएको नागरिक अगुवा राजबहादुर महतको भनाइ छ । स्थानीयतह अझै गम्भीर नभएमा जुम्लाका बाँकी ५ स्थानीयतह पनि सिल हुने अबस्थामा रहेका पुगेका छन् ।
संक्रमितहरू घरघरमा बस्न बाध्य भएका छन् । यता आठै स्थानीयतहका १ सय ५५ बेड आइसोलेसन र ३५ बेड कोभिड अस्पताल प्रयोगविहीन अबस्थामा छन् । शुक्रबार जुम्लामा बस्ने डीसीसीएमसिको बैठकमा तत्तकाल कोभिड अस्पताल, आइसोलेसन संचालन ल्याउनेदेखि कोभिड रोकथाम कार्ययोजना २०७८ तयार गरिने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्